×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

राधा क्यान्सर सचेतना पत्रकारिता पुरस्कार पत्रकार अधिकारीलाई


  •   सोमबार, फागुन ०९, २०७८
  • नवलपुर । राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार ज्योति अधिकारीलाई प्रदान गरिएको छ । राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट प्रदान गरिने २० हजार राशीको सो पुरस्कारका लागि यस वर्ष परेका आवेदक मध्येबाट ‘नेपाल समय डटकम’ मा कार्यरत चितवनकी अधिकारी छनोट भएकी हुन् । फाउण्डेसनले स्व. राधा बस्यालको जन्मजयन्तीमा हरेक वर्ष हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार उत्कृष्ठमध्ये एक जना पत्रकारलाई प्रदान गर्दै आइरहेको छ ।

    Advertisement

    कार्यक्रममा बोल्दै गण्डकी प्रदेश विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले राधाले मृत्युवरण हुने समयसम्म पनि गरेको साहसबाट सवैले सिक्नुपर्ने बताए । आफू रोगसंग लडिरहेको अवस्थामा पनि समाजप्रति गरेको उनको योगदानलाइ भुल्न नहुने भन्दै क्यान्सर तथा हिंसामा परेका व्यक्तिको पत्रकारिताबाट नै न्युनिकरण गर्न सकिने बताए ।


    लामिछानेले क्यान्सर रोगका बिरामीले निःशुल्क उपचार पाउने बताए । गण्डकी प्रदेशले क्यान्सरबाट अकालमा ज्यान गुमाएका व्यक्तिको सहजताका लागि निःशुल्क उपचार गर्न लागिएको बताए ।

    त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले हिंसामा परेका महिला तथा पुरुषका लागि सहयोग गर्न रकम विनियोजन गरेको बताए । जुनसुकै हिंसालाइ निरुत्साहित गर्न आफू सदैव तयार हुने बताए ।

    कार्यक्रममा कांग्रेस नेता गोपाल बस्ताकोटी, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुली, वडाअध्यक्ष लक्ष्मी पौडेलले निडर र साहसी राधाले समाज परिवर्तनमा पुयाएको योगदानका बारेमा चर्चा गर्दै आउने दिनमा उनले शुरु गरेको क्यान्सर सचेतनाका कार्यक्रमलाइ निरन्तरता दिनु् पर्नेमा जोड दिए ।

    २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो । एक दशक भन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जीवनपछि व्यक्तिगतरुपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै आएकी थिइन ।

    समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सन्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ गाउँमा सचेतना अभियानसमेत चलाएकी थिइन । राधाको निधनपश्चात फाउन्डेसनलाई उनका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिइरहेका छन् ।

    गत वर्षको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार महिला स्वास्थ्य डटकमकी बर्दीयाकी समृद्धा केसीलाई प्रदान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.