×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

फागुन १३ देखि चितवनमा अन्तर्राष्ट्रिय कृषि प्रर्दशनी हुने


  •   सोमबार, फागुन ०९, २०७८
  • चितवन । यही फागुन १३ गतेदेखि चितवनमा कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी हुने भएको छ ।

    Advertisement

    कृषि क्षेत्रको विकासका लागि मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड एभेन्ट्सको संयुक्त आयोजनामा प्रर्दशनी हुने भएको हो ।
    चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी परिसरमा फागुन १३, १४ र १५ गते तीन दिन चल्ने प्रदर्शनीको बागमती प्रदेश कृषि मन्त्रि बसुन्धरा हुमागाईले उद्घाटन गर्नेछन् ।

    प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सय ५० भन्दा बढी कृषि सम्बन्धी कम्पनीहरुका स्टलहरु रहने छन् ।

    कृषिका नविनतम औजार, थोपा सिँचाई, बिषादी रहित कृषि उपकरण, केराखेती, कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायतका बिषयमा प्रर्दशनी केन्द्रित रहनेछ ।

    प्रर्दशनीमा देशभरबाट उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत कृषकहरुले आधुनिक प्रविधिहरुको अनुसरण र आवश्यक परामर्श दिने मिडिया स्पेसका प्रवन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिए ।

    प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने स–साना औजार, डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठू–ठूला उपकरणहरु प्रदर्शन गरिने उनले बताए । नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु¥याउन प्रदर्शनी कोशे ढुंगा सावित हुने उनको विश्वास छ ।

    प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगले उत्पादन वृद्धि भई मुलुकलाई आत्मनिर्भरको बाटोमा हिँड्न टेवा पुग्ने विश्वास गरिएको उनले बताए ।

    प्रदर्शनीमा कृषकहरुलाई कृषि प्रविधि तथा कृषिका विभिन्न विधाहरुका बारेमा जानकारी तथा कृषि कर्जाको बारेमा परामर्श समेत दिईने छ ।

    प्रदर्शनीले पर्यटन, होटल तथा यातायात मार्फत आर्थिक कारोबार बढ्ने भएकोले कोभिड १९ का कारण थलिएको अर्थतन्त्रलाई समेत चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रदेर्शनीको तयारी तीव्र पारिएको उनको भनाई छ । चितवन कृषिमा समेत अव्वल जिल्ला रहेकाले प्रदर्शनीको सिकाइले थप सुधार हुने र विकसीत प्रविधिको प्रयोगमा लाग्न प्रेरणा मिल्ने समेत आयोजकले दावी गरेको छ।
    कृषि क्षेत्रमा आश्रित अर्थतन्त्र भनिएपनि परम्पराबाट सुधार हुन नसकिरहदा यसरी हुने प्रदर्शनीले परिवर्तनमा समेत सहयोग पुग्ने बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.