चितवन,फागुन ७ । कालिका जेसीजले दिप प्रज्वलन गरी आज प्रजातन्त्र दिवस मनाएको छ। कालिका ५ हाईस्कुल चोकमा कार्यक्रम गरी दिवस मनाइएको हो ।
कालिका जेसीजको मानार्थ सदस्य डा. हरि कँडेल को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कालिका ६ का वडा अध्यक्ष एवम् कालिका जेसीजका मानार्थ सदस्य विनोद रेग्मि विशिष्ठ अतिथि रहेका थिए।
कालिका जेसीजका अध्यक्ष मेनुका थापा अधिकारिको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका सम्योजक कालिका जेसीजका उपाध्यक्ष विश्वनाथ दाहाल थिए ।
कार्यक्रम उत्कृष्ट रहेको र देशमा प्रजातन्त्र वहाली भएको इतिहासलाई सम्झना गरिएको कालिका जेसीजका कार्यकारिणी उपाध्यक्ष निरन्जन सापकोटाले बताए । कमर्यक्रम उत्कृष्टतामा साथ सम्पन्न भएको कालिका जेसीजले जनाएको छ ।
कालिका जेसीजका कानुनी सल्लाकार अमृत अमगाईको समेत उपस्थिती रहेको कार्यक्रम कालिका जेसीजका महासचिव प्रेम भट्टराईले संचालन गरेका थिए ।



