×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

दुम्कीवास त्रिवेणी सडक पुगेर मुख्यमन्त्री पोखरेलले भने, “अघिल्लो सरकारले गफ मात्रै गर्यो हामीले काम थाल्यौँ”


  •   शुक्रबार, फागुन ०६, २०७८
  • डोलराज रानाभाट

    Advertisement

    दुम्कीवास नवलपुर, फागुन ६ ।

    पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले दिएको आश्वासनबाट दिक्क भएका जनताले दुम्कीवास त्रिवेणी सडकले पूर्णता पाउनेमा ढुक्क रहेको बताएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग आज सो सडक अवलोकन गर्दै स्थानीयले नवलपुरकै मुख्यमन्त्री भएकाले ढुक्क भएको बताए । स्थानीय प्रकाश कुँवरले भने,“धेरै पटक आश्वासन मात्रै पायौँ । अहिले मुख्यमन्त्रीले कामको विवरण सुनाउँदा धेरै आशावादी छौँ । यो पटक पनि सडक निर्माण नभए हामीलाई प्रदेश पाँचमा मिसाइदिए हुन्छ । आशा छ त्यो अवस्था आउन दिनुहुन्न । ”

    दुम्कीवास त्रिवेणी सडक निर्माण नहुँदा विनयी त्रिवेणी गाउँपालिका वडानम्वर ६ र ७ का जनताहरु लुम्बिनी प्रदेश भएर गाउँपालिकाको सेवा लिन वाध्य छन् । समय धेरै, खर्च उस्तै र सडकको अवस्था समेत राम्रो नहुँदा सेवा लिन धेरै कठिन भइरहेको गुनासो स्थानीयको छ । आफ्नो प्रदेशको सेवा लिन अर्को प्रदेश हुँदै जानुपर्ने वाध्यता भएपछि संघीयता के का लागि भन्दै उनीहरुले वर्षौँदेखि प्रश्न गरिरहेका छन् । गाउँपालिकाको कार्यालय महेन्द्र राजमार्गको छेउ दुम्कीवासमा छ ।

    वर्षौँ पहिले गजेन्द्रमोक्षधाम नजिकैबाट कमलनयन आचार्य सहितले सडकको ट्रयाक खनेपनि निकुञ्जमा मुद्दा परेपछि रोकिएको थियो । तर पनि यसअघिको सरकारका मुख्यमन्त्री, मन्त्री,सभासद पुगेर सडक निर्माण गर्ने आश्वासन दिन भने छाडेका थिएनन् ।

    चीनको कोरला र भारतको नाकासँग सिधै जोडिने गण्डकी प्रदेशको लाइफलाइन भएकाले निर्माण गर्ने बताएपनि त्यो कुरामै सीमित भएको अहिलेका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको भनाई छ । सडक अवलोकनपछि उनले भने,“हामी प्रतिपक्षमा रहदापनि पटक पटक यो सडक निर्माण गर्न आवाज उठायौँ । पूर्व सरकारले काम हुँदै छ भनेर भन्यो तर अहिले संघमा पुगेर फाइल हेरेँ, जस्ताको त्यस्तै रहेछ । कुनै काम भएको रहेनछ ” पोखरेलले थपे,“ म र अर्थमन्त्री सहितले प्रधानमन्त्री, वन वन्त्री र विभागसँग भेटेर रोकिएको फाइल अगाडि बढाउन भन्यौँ र प्रकृया सुरु भइसकेको छ । ”

    मुख्यमन्त्री पोखरेलका अनुसार वनले स्वीकृत दिएर सडक विभागलाई डिपिआर बनाउन भनिसकेको छ । अव डिपिआर वन्ने र त्यसपछि फिल्डमा काम सुरु गर्न रकमको अभाव नहुने स्पष्ट पारे । निकुञ्जको क्षेत्र भएकाले युनेस्कोसँग पनि सहमति लिन पत्राचार गर्ने उनको भनाई छ । सरकारले आवश्यकताको पुष्टी गरेर पत्र पठाएपछि युनेस्कोले पनि नरोक्ने दावी मुख्यमन्त्री पोखरेलको छ । साथै युनेस्कोले वन र वन्यजन्तुका लागि दिएको सुझाव पालना गरी अण्डरपास ओभर पास सहितको संरचना निर्माण गर्न प्रदेश सरकार तयार रहेको बताए ।

    उनले भने,“यो नयाँ योजना भन्दापनि संघ सरकारले पहिलानै त्रिवेणी दुम्कीवास पाल्पा भनेर प्रकृया अगाडि बढाएको रहेछ । तर कुनै प्रगति नभएपछि अहिले वल्ल निर्देशन भएको छ । ” त्रिवेणी हुँदै दुम्कीवास – चोरमारा –डेढगाउँ– भिमाद –खैरहनी– पोखरा हुँदै कोरला पुग्ने र यसले प्रदेशको समृद्धिको ढोका खोल्ने दावी मुख्यमन्त्री पोखरेलको छ । जसरी पनि सडक निर्माण गरेरै छाड्ने प्रतिवद्धता उनको थियो ।

    अर्थमन्त्री रामजी बरालले अव चाँडै करोड भन्दा बढीको योजना विनयी त्रिवेणी गाउँपालिकामा संचालन हुने बताउँदै दुम्कीवास त्रिवेणी सडक जुनकुनै हालतमा संचालनमा ल्याउने बताए । उनले भने,“सडक निर्माणको प्रकृया अगाडि बढेको छ । अर्थमन्त्रालयबाट आवश्यक बजेट उपलब्ध हुन्छ । यो प्रदेशको गौरवको योजना हो हामी छिटो सम्पन्न गर्न संकल्पकृत छौँ । ”

    वडानम्वर ६ का अध्यक्ष पृतम बहादुर गुरुङले बाटो नखुल्दा वडावासीले धेरै दुख पाएर आक्रोशीत भएको बताए । प्रशासनमा आउनजाननै कठिन रहेको भन्दै बाटो खुलेमा मात्रै १७ किलोमिटरमा गाउँपालिका पुग्न सकिने तर अहिले करिव ४० किलोमिटर बढी यात्रा गरेर जानुपर्ने वाध्यता रहेको बताए । तर मुख्यमन्त्रीको अवलोकन र पछिल्लो प्रगति सुनाउँदा सडक निर्माणले पूर्णता पाउनेमा आफू विश्वस्त रहेको उनको भनाई छ ।

    वडानम्वर २ का स्थानीय भगवान गिरीले दुम्कीवास त्रिवेणी सडकले पूर्णता पाए वहूआयामिक फाइदा हुने बताए । धार्मिक करिडोरको रुपमा विकास गरी लाखौँ पर्यटक भित्राउन सम्भव हुने र व्यवस्थित भन्सार कार्यालयको स्थापना गरी आम्दानीको स्रोत समेत बढार लैजान सकिने बताए ।

    मुख्यमन्त्री सहित आज अर्थमन्त्री रामजी बराल,प्रदेश सांसद विष्णु प्रसाद लामिछाने, ओमकला गौतम सहितको टोलीले रोकिएको ठाउँमा पुगेर अवलोकन गरेको थियो । टोलीमा मुख्य सचिव,अर्थसचिव, न्यायाधिवक्ता, गाउँपालिकाका अध्यक्ष सहित जनप्रतिनिधि, स्थानीय प्रशासन, सुरक्षा निकाय प्रमुख, पत्रकार सहितको उपस्थिती थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.