गैँडाकोट । नेपाली कांग्रेस गैडाकोट ८ अन्तर्गत कालिका टोलमा नेपाली कांग्रेस टोल कार्यसमिति गठन गरिएको छ । गण्डकी प्रदेस कार्यसमिति सदस्य घनश्याम कंडेलको प्रमुख आतिथ्यतामा नयाँ समिति गठन गरिएको वडा सचिव जीवन पौडेलले जानकारी दिए।
Advertisement
पौडेलका अनुसार सभापतिमा कुल प्रसाद आचार्य,उप–सभापतिमा सीता पौडेल, सचिवमा नेत्र प्रसाद चापागाईं, कोषाध्यक्षमा दुर्गा शर्मा र सह–सचिवमा सागर गौतम चयन भएका छन् ।
समितिको सदस्यहरुमा कृष्ण सापकोटा, निलकन्ठ पौडेल,डिल बहादुर सिङ्जाली , नवीन पौडेल, प्रेम आचार्य , मधु प्रधान,कृष्ण पौडेल, खुमराज पौडेल, शान्ति डुम्राकोटी र कृष्ण पौडेल रहेका छन् ।



