×
बिहिबार, जेठ ०२, २०८२
☰
बिहिबार, जेठ ०२, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

मतदातालाई धन्यवाद दिँदै सकियो गैँडाकोटको १०औँ नगरसभा


  •   बिहिबार, फागुन ०५, २०७८
  • गैँडाकोट, फागुन ५। नवलपुर जिल्लाको गैँडाकोट नगरपालिकाले १०औँ नगरसभा सम्पन्न गरेको छ । पाँच वर्षे अवधिका लागि निर्वाचित गराएर स्थानीय तहमा पठाएको भन्दै मतदातालाई धन्यवाद दिइएको छ । यो अवधिमा भएका विकास निर्माण र गर्न नसकिएका कार्यहरुको समिक्षा गर्दै सभा सम्पन्न भएको हो ।

    Advertisement

    सभाका अध्यक्ष एवम नगरप्रमुख छत्रराज पौडेलले संघीयता कार्यान्वयनको जग बलियो भएको र केही अलमल रहेपनि जनहितका ऐन कानुन निर्माण महत्वपूर्ण सफलता भएको बताए । “सुरुमा अलमल पक्कै भयो, उनले भने, तीतामीठा कुरा पनि भए । तीतामीठा कुरालाई पैतलामुनि राखेर राम्रो र विकासका कार्य जनतामाझ पुर्याऔँ । सवै जनप्रतिनिधि जनताका लागि विकास गर्न आएका हौँ ।” अहिलेको नेतृत्वले विश्वविद्यालयको अवधारणा ल्याएको, कालिगण्डकीको पानी गैँडाकोटको लगानी नारालाई पूर्णता दिन संघ सरकारलाई आग्रह गरिएको,चक्रपथ निर्माण अभियानकै रुपमा अघि बढेको नगरप्रमुख पौडेले बताए ।

    यो अवधिमा ३२१ किलोमिटर सडक रहेकोमा जनप्रतिनिधि निर्वाचित भई आएदेखि ५० किलोमिटर नयाँ सडक, ७० किलोमिटर ग्राबेल र ५५ किलोमिटर सडक कालोपत्रे भएको उनको भनाई थियो ।

    नगरको आफ्नै स्रोतबाट गैँडाकोट १२ र १४ जोड्ने टाउनखोला मोटरवेल पुल, ३ वटा झोलुगें पुल, नगरपालिकाको प्रशासकीय भवन,९५प्रतिशत जनसंख्यामा स्वास्थ्य तथा सफाल खानेपानी पुगेको, १५ शैयाको अस्पताल निर्माण भइरहेको,१३ वटा आधारभूत स्वास्थ्य इकाई भवनहरु निर्माण सकिएको,विभिन्न विद्यालयका भवनहरु निर्माण भएको पौडेलले बताए ।

    शिक्षा,पशु एव कृषिको क्षेत्रमा,स्वास्थ्य,आर्थिक विकास,शासकीय व्यवस्था एवम् शुसानतर्फ राम्रो कार्य भएको र जनताको माग अनुसारका विकास निर्माणको कार्यहरु सम्पन्न भएको जानकारी दिए। आफूहरुले गरेका असल अभ्यास आगामी नेतृत्वलाई मागर्ददर्शनको रुपमा सावित हुने विश्वास उनको छ ।
    तर भूमि आयोग जिल्लामा गठन नहुँदा सुकुम्वासीलाई जग्गा दिन नपाएको, स्मार्ट गैँडाकोट, फोहोर मैला व्यवस्थापनका लागि डम्पीङ साइड निर्माण जस्ता ठूला कार्यहरुले पूर्णता नपाएको उनको गुनासो थियो ।

    उपप्रमुख विष्णु कुमारी कडेँल सापकोटाले न्यायिक क्षेत्रमा सतप्रतिशत नतिजा हासिल गर्न सकेको, बजेट र कानुनको सीमितताकावीच पनि जनहितका काम गर्न सकेको बताइन् । योजना छनौटमा टोलटोलमा पुगेको बताउँदै यद्यपी निर्माण भएका कानुनवारे जनतालाई पर्याप्त जानकारी दिन नसकेको, भएका संचारमाध्यमको प्रयोग गर्न नसकिएको, जनतालाई धेरै सूचना प्रवाह गर्न नसकिएको उनको भनाई थियो । अवको युग आधुनिक प्रविधिको जमाना भएकाले धेरै सेवा अनलाइन मार्फत व्यवस्था हुनुपर्नेमा उनको जोड थियो ।करिव ९६ प्रतिशतको घरपरिवारमा मोवाइल र ८४ प्रतिशतसँग इन्टरनेटको पहुँच पुगिसकेको जानकारी दिइन्।

    पछिल्ला केही वर्ष कोरोनाले कार्यहरु हुन नपाएपनि यो अवधि आफूहरुका लागि सिकाईसँगै संघीय कार्यान्वयनको जग बलियो बनाउने आधार रहेको जनप्रतिनिधिहरुको भनाई थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुवेदीले आवश्यक कानुन समेत निर्माण नभई जनप्रतिनिधिहरुको अवधि सकिन लागेको भन्दै चिन्ता व्यक्त गरे । संविधानले दिएका एकल अधिकारहरु सहित विभिन्न अधिकार प्रयोग गर्न पनि कम्तिमा ४८ वटा कानुन बनाउनुपर्नेमा त्यसमा सफलता प्राप्त गर्न नसकिएको उनको भनाई थियो ।

    नगरप्रमुखद्वारा पेश भएको कार्यसम्पादन प्रतिवेदनलाई थप परिमार्जन सहित जनप्रतिनिधि आउँदा भएका बाचा, ती बाचामा कति पूरा भए कति पूरा भएनन् र पूरा हुन नसक्नुका मूख्य मुख्य कारणहरु समेत खुलाएर थप परिमार्जन गर्न नगरसभा सदस्यहरुले सुझाव दिएका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.