चितवन । चितवनको भरतपुर महानगरपालिका वडानम्वर १२ का भूमिहीन जनतालाई निस्सा बाँडिएको छ । जग्गा नापजाँच गरी लालपूर्जा दिन निस्सा बाँडिएको राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सेनाले जानकारी दिए ।
आयोगले जिल्लाका स्थानिय तहहरुमा निस्सा बाड्ने अभियान तीव्र पारेको छ । निस्सासँगै जग्गा नाँपजाँच कार्य तीव्र पारेको उनको भनाई छ ।
जिल्लाको भरतपुर महानगरसहित कालिका नगरपालिका र माडी नगरपालिकामा समेत आयोगले निस्सा वितरण र नाँपजाँच तीव्र पारेको तिमिल्सीनाले बताए ।
सोही अभियान अन्र्तगत भरतपुर १२ मा जग्गा नापजाँच प्रक्रियाका लागि निस्सा वितरण गरिएको छ।
कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अब जग्गा नापजांचको कार्यलाई पनि तिब्र बनाई भुमिहिनलाई भुमिपति बनाईने बताइन् ।
“सुकुम्बासीलाई जग्गा दिन अमिनसहितको टोली फिल्डमा तीव्र रुपमा काम गरिरहेका छन् । अहिले ७ वटा वडामा काम भईरहेको र यहाँ पनि ५ दिनपछि नापजाँच हुन्छ । ”,उनले भनिन् ।
लालपुर्जाका लागि भरतपुर १२ का भुमिहिनलाई निस्सा प्रदान
लालपुर्जाका लागि भरतपुर १२ का भुमिहिनलाई निस्सा प्रदान

Advertisement
तपाईको प्रतिक्रिया