×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नारायणी नदीमा तटबन्ध गर्न ९९ करोडको ठेक्का आह्वान


  •   बिहिबार, फागुन ०५, २०७८
  • चितवन । नारायणी उर्लदा हुनसक्ने सम्भावित क्षतीलाई रोक्न तटबन्ध गरिने भएको छ । त्यसका लागि दोस्रो चरणको ठेक्का आह्वान भएको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले जानकारी दिइन् ।

    Advertisement

    नारायणी नदी तटबन्धन व्यवस्थापन आयोजना भरतपुरले बुधबार ठेक्काको सूचना जारी गरेको हो । नारायणी नदीको तटबन्धको दोस्रो प्याकेज भरतपुर महानगरपालिका–१७ गाँजीपुरदेखि भरतपुर–२६ को हीरापुरसम्मको पाँच किलोमिटर क्षेत्रमा कंक्रिट ब्लक सहित ग्याबिन जालीका लागी ९९ करोडको टेण्डर आव्हान भएको उनको भनाई छ ।

    नारायणी नदीमा आएको बाढी बस्ती पस्ने वर्षेनी समस्यालाई रोक्न ५ अर्बको तटबन्ध निर्माण सुरु गरिएको हो । निर्माणका लागि पहिलो खण्डको बोलपत्र आह्वान भइसकेको छ । बाँकी ३ खण्डको पनि यही महिनाभित्र बोलपत्र आह्वान गर्ने गरी काम अघि बढाइएको आयोजनाले जनाएको छ ।

    पाँच खण्डमा विभाजन गरेर बोलपत्र आह्वान गर्ने व्यवस्था गरिए अनुसार यो दोस्रो खण्डको ठेक्का आह्वान भएको हो । आयोजना प्रमुख रवीन्द्र थापाले कंक्रिटको ब्लक, जाली र साना ठूला ढुंगा राखेर त्यहाँ तटबन्ध निर्माण गरिने बताए । ‘तीन मिटरदेखि ४.५ मिटरसम्म उचाइको तटबन्ध निर्माण गरिने छ ।
    त्यसमा चितवन र नवलपरासीतर्फ तटबन्धका लागि २३ अर्ब ५८ करोड ४३ लाख रुपैयाँ खर्च लाग्ने प्रस्तावित लागत आएको छ । सोमध्ये पहिलो चरणमा पाँच अर्बको कामका लागि बहुवर्षीय खरिद कार्य अघि बढाउन बजेट सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल पठाइएको थियो। मन्त्रालयले ५ अर्ब बराबरको बजेटको स्रोत सुनिश्चतता गरेपछि आयोजनाको काम अघि बढेको हो ।

    नारायणी नदीका कारण चितवनतर्फ भरतपुर महानगरपालिका र नवलपरासीतर्फ गैंडाकोट, देवचुली, कावासोती र मध्यबिन्दु नगरपालिका एवं विनयत्रिवेणी गाउँपालिका प्रभावित हुँदै आएका छन ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.