गैँडाकोट ।गैँडाकोट नगरपालिका वडानम्वर ५ मा नेपाली काँग्रेस गणेश मन्दिर टोल कार्यसमिति गठन गरिएको छ । समितिको सभापतिमा चुडामणी पौडेल, उप सभापतिमा सुनीता अधिकारी, सचिवमा विवेक रावत, कोषाध्यक्षमा नर्मदा गौतम, सह–सचिवमा तारा वस्याल पाण्डेय रहेका छन् । सदस्यहरुमा यदुमणी पोखरेल, अमृता श्रेष्ठ, भगवती पौडेल, सावित्रा गौतम रहेका वडा सभापति लक्ष्मण कार्कीले जानकारी दिए ।
शान्ति न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि मदनभक्त अधिकारी, विशिष्ट अतिथि डिलकुमारी घिमिरे,नगर सदस्य टीका कडेँल,मिना शर्मा, विष्णु गौतम,कुशुमघाट टोलका सभापति विष्णु सापकोटा लगायतको उपस्थितीमा समिति गठन गरिएको हो ।
गैँडाकोट ५ मा रहेको १९ टोलमध्ये १७ वटा टोलमा नेपाली काँग्रेस टोल कार्यसमिति गठन भइसकेको वडासभापति कार्कीले जानकारी दिए ।
Advertisement