×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

किसानलाई गोबर मल खरिदमा रत्ननगरले ५० प्रतिशत अनुदान दिने


  •   सोमबार, फागुन ०२, २०७८
  • रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले किसानहरुलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । रासायनिक मलको प्रयोग कम गर्दै किसानहरुलाई प्राङ्गारिक खेती तर्फ आर्कषित गराउन सो नगरपालिकाले किसानहरुलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान दिएको हो ।

    Advertisement

    त्यसको लागि नगरपालिकाले ५० लाख रुपैया विनियोजन गरेको छ । एक टेलर मलको तीन हजार देखि तीन हजार ५०० रुपैया सम्म खरिद विक्री हुँदै आएको छ । सो नगरपालिकाले एक टेलर मल खरिदमा एक हजार ५०० रुपैया उपलब्ध गराउने छ । एक विघा जग्गा क्षेत्रफल हुने किसानले चार टेलरको अनुदान पाउने छन । एक विघा जग्गाको लागि गोबर मल खरिद गर्न किसानले ६ हजार रुपैया अनुदान रकम पाउने मेयर नारायण वनले बताए । नगरपालिकामा सुचिकृत भएका पशुपालन फर्महरुबाट किसानहरुले गोबर मल खरिद गर्नुपर्ने छ । त्यसका लागि अहिले सम्म १० वटा पशुपालन फर्म सुचिकृत भएका छन् ।

    नगरपालिकामा आयोजित कार्यक्रममा मेयर नारायण वन,उपमेयर विमला दुवाडी र प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले नगरपालिकाले किसानलाई मल उलपब्ध गराउन पशुपालन र्फमलाई लेखेको पत्र किसानलाई हस्तान्तरण गरेका थिए । सो अबसरमा मेयर वनले रासायनिक मलको प्रयोग घटाउन गोबर मल खरिदमा अनुदान दिएको बताए ।

    ‘हामीले किसानलाई अनुदानमा गाई दिएका छौं, उनले भने, ”पशुपालनलाई कृषिसंग जोडेर उत्पादन बढाउने हाम्रो लक्ष्य हो ।” अन्नबालीमा रासायनिक मलको प्रयोगका कारण प्राणघातक रोगको सिकार हुनु परेको भन्दै अर्गानिक उत्पादन गरेर स्वास्थ्य सुरक्षा गर्ने अर्को उद्देश्य रहेको मेयर वनले बताए ।

    कार्यक्रममा उपमेयर विमला दुवाडीले वाली लगाउने बेला हुने मलको हाहाकारबाट किसानलाई मुक्ति दिलाउन गोबर मलमा अनुदान दिएको बताइन । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले माटोको उर्भराशक्ति संरक्षण गरेर उत्पादन बृद्धि गर्ने योजनाका साथ नगरपालिकाले नयाँ कार्यक्रम सुरु गरेको बताए ।

     

    कार्यक्रममा आर्थिक विकास समितिका संयोजक गुप्तनाथ भट्टराई,कृषि विकास शाखा प्रमुख प्रविण लामा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा वडाध्यक्षहरु शंकर सिंह तामाङ,तिलक राज शर्मा,रविन्द्र चौधरी,बलराम दाहाल,राजन भट्ट,विनोद बस्नेत,केशव आचार्य,विरबहादुर पाख्रिन,चित्रबहादुर भण्डारी,होमनाथ लामिछाने,हेमराज थापा,कार्यपालिका सदस्य मिना गिरी लगायतको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.