गैंडाकोट । नेपाल स्वास्थ्य व्यवसायी संघ गैंडाकोट नगर ईकाईको नयां नतृत्वको आज पदस्थापना गरिएको छ । पौष २४ गते ईश्वरीप्रसाद घिमिरेको अध्यक्षतामा नयां कार्यसमिति सर्वसम्मत चयन गरिएको थियो । समितिको उपाध्यक्षमा अनिता पौडेल घिमिरे, सचिवमा खुम प्रकाश शर्मा, कोषाध्यक्षमा विनोद पौडेल, सह– सचिवमा प्रकाश श्रेष्ठ रहेका छन् ।
सदस्यहरुमा गोपाल बहादुर शाही,रामचन्द्र आचार्य,सन्तोष ढकाल, भागीरथी पोखरेल आचार्य सर्वसम्मत चयन भएका थिए । चौथो साधारण सभा एवं तेस्रो चयन गरेको नयाँ कार्यसमिति सहित विमल पौडेलको संयोजकत्वमा लेखा समिति समेत चयन गरिएको थियो । जसको सदस्यहरुमा प्रकाश पौडेल, चिरन गरमजा मगर रहेका छन् ।
सवैलाई आज निर्वाचन समितिका संयोजक एवम् सल्लाहकार शेषकान्त देवकोटाले निर्वाचित भएको प्रमाणपत्र र खादा लगाई पदस्थापना गराएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि देवकोटाले नेपालकै नमुना संघ वन्न शुभकाना दिंदै सफल कार्यकालको शुभकामना दिए । नगरभित्र स्वास्थ्य क्षेत्रको विकासलाई बढाउँदै भएका विकृति हटाउदै व्यवासायीहरु एक भई अघि बढ्न आग्रह गरेका थिए । साथै कोरोना महामारीमा यहाँका स्वास्थ्य व्यवसायीले महत्वपूर्ण जिम्मेवारी वहन गरेको भन्दै जनस्वास्थ्यमा असर नपर्नेगरी आगामी दिनमा आफ्नो व्यवसायलाई अघि बढाउन आग्रह गरे ।
पदस्थापना पछि सम्बोधन गर्दै अध्यक्ष ईश्वरी प्रसाद घिमिरेले मोडलकै रुपमा काम गर्ने र समाजका गरिव विपन्न क्षेत्रमा सम्वन्धीत निकायसँग समन्वय, सहकार्य गरी निःशुल्क स्वास्थ शिविर कार्यक्रम गर्ने बताए । साथै नगरका स्वास्थ्य व्यवसायीको हक हित र अधिकारका लागि निरन्तर काम गर्ने उनको भनाई छ । यस पटक तीन वर्षको अवधिलाई बढाएर चार वर्ष कार्यकाल बनाइएको जानकारी दिए।
कार्यक्रमको सचिव खुम प्रकाश शर्माले सहजीकरण गरेका थिए ।



