चितवन, फागुन १। एमसीसीविरुद्ध नेकपा (एकीकृत समाजवादी ) पार्टीका मोर्चा संगठनले चितवनको चौबीसकोठीमा विरोध जनाएको छ ।
एमसीसी देशको हितमा नरहेको भन्दै कोणसभानै गरेर खबरदारी गरेका थिए । एमसीसी हामिलाई चाहिदैन देश बेच्न पाइदैन ,राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ , राष्ट्रहित बिरोधि एमसीसी फिर्ता लैजाउ जस्ता नारा समेत लगाएका थिए ।
समाजबादी पार्टीका केन्द्रिय सदस्य सुर्य प्रसाद लामिछाने प्रमुख अतिथि रहेको कार्यक्रममा जिल्लाका शीर्ष नेताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै उनीहरुले एमसीसी परियोजना राष्ट्रघाती रहेको र देशको सार्वभौमसत्तालाई बेच्न नपाइने बताएका थिए । देश र जनताको चाहाना विरुद्ध ब्याक्ती वा पार्टी भए हिसाबकिताब माग्ने र मुक दर्शक भएर नबस्ने भनाई राखेका थिए । देश र जनताकोहितमा आफ्नो पार्टी सधै अडीक रहने बताए ।
चितवनमा मात्रै नभई देशभर विरोधका कार्यक्रम गरेको एकीकृत समाजवादी जिल्ला कमिटी उप–सचिव तथा मोर्चा संगठन प्रमुख नरेन्द्र कन्दङ्वाले जानकारी दिए । उनकै संयोजत्वमा कार्यक्रम भएको हो।