फागुन १ गते । चितवनको इच्छाकामना तोवाङका चेपाङ समुदायलाई सपना भिलेज सोसियल इम्प्याक्टले धुवाँरहित चुलो दिएको छ । इच्छाकामना गाउँपालिका २ तोवाङ स्थित भुलभुले टोल बिकास समितिका ६५ घरधुरीलाई बायोमास धुवाँरहित चुलो प्रदान गरिएको हो । भुलभुले आधारभूत विद्यालयमा एक कार्यक्रमको आयोजना गरि उनिहरुलाई चुलो हस्तान्तरण गरिएको थियो ।
थोरै दाउराले खाना पकाउन मिल्ने ,धुवाँ पनि कम आउने,बन बाताबरण संरक्षण गराउने उदेश्यले धुवाँरहित चुलो प्रदान गरिएको सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरिले बताए । सो चुलोको बजार मुल्य ५ हजार ५ सय छ ।
स्थानीय तिलु प्रजाको समन्वयमा तथा टोल बिकास संस्थाका अध्यक्ष अविन्द्र चेपाङको रोहवरमा चुलो बितरण गरिएको हो । चुलो प्राप्त गरेपछी स्थानीय चन्द्रमाया चेपाङले खुसी हुँदै धुवाँरहित चुलोले स्वास्थ्य असर नगर्ने र दाउराका लागि सधैं बन धाउन नपर्ने बताईन ।
आइतबारनै भुलभुले रास्ट्रिय आधारभुत विद्यालयका विद्यार्थीहरुलाई १ लाख तेह्र हजार बराबरको न्यानो कपडा बितरण गरिएको सपना भिलेज सोसियल इम्प्याक्टका परियोजना कोअडिनेटर मीन सापकोटाले जानकारी दिए । बाल बिकास कक्षा देखि कक्षा तीन सम्म अध्ययन हुने भुलभुले विद्यालयमा ६५ जना अध्ययनरत छन् ।
सपना स्कुलकि अध्यक्ष बर्षा पुरी सहितको टोलि चुलो र न्यानो कपडा बितरणका लागि तोवाङ पुगेका थिए । सोसियल इम्प्याक्टले सोही विद्यालयमा बिगत एक बर्ष देखि खाजा कार्यक्रम संचालन गरिरहेको छ भने एक महिना अघि पनि न्यानो कपडा बितरण गरेको छ । साथै त्यस ठाउँमा खानेपानीका लागि २० वटा ट्याङ्की समेत निर्माण गरिदिएको छ ।