गैँडाकोट । गैँडाकोट ८ को सिद्धिविनायकमा नेपाली काँग्रेस टोल समिति गठन गरिएको छ । जसको सभापतिमा तारा पण्डित घिमिरे, उपसभापतिमा वलभद्र दर्जी, सचिवमा माया देवी सुवेदी सापकोटा, कोषाध्यक्षमा सुनिल गौतम, सहसचिवमा रेनु श्रेष्ठ चयन भएको वडा सचिव जीवन पौडेलले जानकारी दिए ।
सदस्यहरुमा नरिश्वर सापकोटा,विना पौडेल,युवराज सापकोटा,सरस्वती शर्मा, शुशिला मेहता, भगवती दर्जी, दामोदर रिमाल, वो माया दर्जी, नवराज अधिकारी र सृजना अर्याल रहेका छन् । रामप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्य घनश्याम कडेँल थिए । यो सँगै गैँडाकोट ८ मा चार वटा टोलमा काँग्रेसले आफ्नो संगठन विस्तार गरिसकेको छ । अव वाँकी सात वटा रहेको र संगठन विस्तार तीव्र पार्दै लगेको पौडेलले बताए ।
Advertisement