काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन स्थगित भएका बाँकी १६ जिल्लामा अधिवेशन गर्ने निर्णय गरेको छ । त्यसका लागि आगामी फागुन १३ गते मिति तय गरिएको छ ।
कार्यसम्पादन समिति बैठकको निर्णयबमोजिम निर्वाचन समितिले शुक्रबार यो निर्णय गरेको हो ।
Advertisement
मधेसका ८ जिल्लासहित १६ जिल्लाको अधिवेशन फागुन १३ गतेभित्र सम्पन्न गर्ने तयारी गरिएको छ । साथै बाँकी रहेका विभिन्न वडा र गाउँपालिकाको अधिवेशन पनि १० गतेभित्र सम्पन्न गर्ने बताइएको छ ।
कोरोना संक्रमणको जोखिम बृद्धि भएपछि स्थगित गरिएको अधिवेशन महामारी जोखिम कम भएसँगै फागुन १३ लाई मिति तय भएको काँग्रेसले जनाएको छ।