गैंडाकोट ।गैंडाकोट ५ भवानी टोलमा नेपाली कांग्रेस टाेल समिति गठन गरिएको छ । समितिको सभापतिमा पुष्कल भट्टराई, उप-सभापतिमा शिवशंकर (बाबुराम) लामिछाने, सचिवमा विद्या अधिकारी सुबेदी, कोषाध्यक्षमा जमुना भुषाल, सह-सचिवमा कृष्णहरि सापकोटा चयन भएका छा् । सदस्यहरुमा विष्णुमाया सापकोटा, शान्ता थापा क्षेत्री, कल्याणी खनाल, सरस्वती दाहाल, नेत्रबहादुर थापामगर, नन्दकुमारी सुस्लिङ मगर, युवराज कँडेल, मोहन बाँनिया, राधिका तिमिल्सिना र रामचन्द्र खनाल छन् ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नेपाली काँग्रेस महिला संघ नवलपुरकी कोषाध्यक्ष शान्ति न्यौपानेले काँग्रेसलाई थप सशक्त र प्रभावकारी बनाउन टोल समिति गठनलाई चुस्त पारिएको बताउनुभयो । नेपाली काँग्रेस गैँडाकोट ५ ले यस अघि नै ८ ओटा टोल समिति गठन गरिसकेको र केही दिनभित्रै बाँकी टोल समितिमा समेत गठन गर्ने वडा सभापति लक्ष्मण कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा टोल समिति गठन र काम, कर्तव्य र अधिकारका विषयमा नेपाली काँग्रेस नगर सचिव गोविन्द घिमिरेले प्रकाश पार्नुभएको सो कार्यक्रममा स्वागत मन्तव्य कुमारी रेखा पौडेलले राख्नुभएको थियो । निर्वाचन कार्यक्रमको सहजीकरण गोविन्द रिमालको रहेको थियाे ।
कार्यक्रमको सहजीकरण वडा सह सचिव विष्णुराज सिग्देलले गर्नुभयो । कार्यक्रम इन्द्र बहादुर बरूवालको अध्यक्षतामा सम्पन्न भयो । । कार्यक्रममा शुभकामना मन्तव्य नेपाली काँग्रेस नगर समितिका कोषाध्यक्ष गोपीनाथ खरेल, कार्यपालिका सदस्य पार्वती सापकोटालगायतले राख्नुभएको थियो ।
भवानी टोल गैंडाकोटकाे सभापतिमा पुष्कल भट्टराई चयन
भवानी टोल गैंडाकोटकाे सभापतिमा पुष्कल भट्टराई चयन

Advertisement
तपाईको प्रतिक्रिया