गैँडाकोट । गण्डकी प्रदेशले बनाउन लागेको बालवालिका सम्बन्धी विद्येयकलाई देशकै उत्कृष्ट बनाउन छलफललाई तीव्र पारिएको छ । आज नवलपुर जिल्लाको देवचुली नगरपालिका स्थित पिप्रहर होमस्टेमा भएको छलफलमा वालवालिकालाई अधिकार मात्रै नभई कर्तव्यको समेत जानकारी हुनेगरी उत्कृष्ट विद्येयक बनाउन सुझाव दिइएको छ ।
प्रदेश सभा तथा विद्यायन समितिका सदस्यहरु , बालअधिकारकर्मी तथा सम्बन्धित सरोकारवाला निकाय र बालबालिकाहरु समेतको सहभागितामा गण्डकी प्रदेशको बालबालिका सम्बन्धि विद्येयक र बालिकाको सवाल विषयक छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले विद्येयक बनाएपछि कार्यान्वयन गर्न सकिनेगरी बनाउन सुझाव दिएका हुन् ।
बालवालिकाको अधिकारलाई व्यवहारिक कार्यान्वयनमा लैजान सक्ने गरी विद्येयक बनाउनुपर्नेमा र किशोरीका लागि सेनेटरी प्याड सहित आराम कक्षको व्यवस्था, पीडकलाई कारवाही हुनेगरी सजायँको व्यवस्था, बालबालिकाको अधिकारको सम्मान, संरक्षण, प्रवर्धन र परिपूर्ति तथा उनीहरूको शारीरिक, मानसिक, संवेगात्मक, बौद्धिक, सामाजिक एवम् भावनात्मक विकासका साथै बालबालिकाको सर्वोत्तम हितसँग सम्बन्धित रहेका एकल र साझा अधिकार सूचीमा उल्लेखित अधिकारहरूको सुनिश्चित गर्नेगरी यो ऐनमा कानूनी व्यवस्थाहरू गर्दा संविधानमा उल्लिखित प्रदेश सरकारको कार्य जिम्मेवारी अनुसारको ऐन बन्ने भएकाले प्रदेशको साझा र एकल अधिकार सूची अनुसारको बालबालिकासँग सम्बन्धित अधिकार सूची एक/एक गरी केलाएर ऐनमा उपयुक्त दफाहरूमा आवश्यक व्यवस्था गर्दा उपयुक्त हुने लगायतका सुझाव पेस गरिएको छ ।
कार्यक्रममा बालअधिकारकर्मी होमनाथ जैशी , खिमानन्द भुषाल , नारायण पौडेल , बालक्लबका पूर्व सदस्य के.बि.राना , बिद्राहि गिरी , गण्डकी प्रदेश बालपरिषद सचिव आश्मा आर्याल , किशोरी अभियान्ता रेजिना घर्ती , निषा चौधरी , जनप्रतिनीधि सुलोचना सुवेदी , गैसस महासंघ नवलपुरका अध्यक्ष बद्री नेपाल लगायतले बोल्दै बालबालिका सम्बन्धि विद्येयक आईसकेपछि कार्यान्वयन गर्ने कुरालाई कडाई गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
साथै गण्डकी प्रदेशमा पर्ने देवचुली नगरपालिका देशकै दोश्रो र प्रदेशको पहिलो बालमैत्री स्थानीय शासन लागु भएको पालिका र साविक प्रगतीनगर देशकै पहिलो बालमैत्री गाविस घोषणा भएकाले यी विषेश दिनलाई ऐनमै समावेश गरेर तिथिमिति लेख्ने र उक्त दिनमा विषेस कार्यक्रम गरेर मनाउने , बालबालिकालाई बालअधिकार सम्बन्धि तालिम गोष्ठि लगायतका कार्यक्रम राख्नुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा , जनकलाल श्रेष्ठ , ओमकला गौतम र लक्ष्मी सुनारले नवलपुरमा लिईएका सुझावहरुलाई अनिवार्य समेट्न आग्रह गर्नुभयो । उहाँहरुले संसदमा यहाँ उल्ल्ेख भएको उठेका कुराहरुलाई समेटेको नपाएमा आफुहरुले ऐन पास नगर्ने समेत प्रतिबद्धता जनाउनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले यहाँबाट प्राप्त भएका सुझावहरुलाई संघीय कानुनसंग समेत नबाझिने गरेर समेट्ने कुरामा आफुले सम्बन्धित निकायसंग पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमका अध्यक्ष तथा विद्यायन समिति प्रदेश सभा , गण्डकी प्रदेशका सभापति विष्णु प्रसाद लामिछानेले ऐन बनाउने काममा यतिधेरै छलफल गर्ने काम गण्डकी प्रदेशले नै प्राथमिकतामा राखेको बताउनुभयो ।
बालबालिका सम्बन्धि विद्येयक निर्माण गर्न गण्डकी प्रदेशले विभिन्न जिल्लाहरुमा छलफल गरेर त्यसबाट निस्केका सुझावलाई आत्मसाथ गर्दै अगाडी बढ्ने कुरामा विद्यायन समिति प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा विधायन समितिका सदस्यहरु हरि बहादुर चुमान , आशा कोईराला , धनन्जय दवाडी , धनमाया पोख्रेल लामा , प्रभा कोईराला , ललितकला गुरुङ लगायतको सहभागिता रहेको थियो ।
जागृती बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।