×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

पूर्ण आकारतर्फ गैँडाकोट ९ को हनुमान मन्दिर, ८५ प्रतिशत काम सम्पन्न


  •   बुधबार, माघ २६, २०७८
  • डोलराज रानाभाट

    Advertisement

    नवलपुर । धार्मिक पर्यटक भित्राउदै धर्म संस्कृतिको संरक्षणका लागि निर्माण गरिएको हनुमान मन्दिरले ठोस आकार लिएको छ । नवलपुरको गैँडाकोट नगरपालिका वडानम्वर ९ थुम्सीमा निर्माणाधीन मन्दिरको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको मन्दिर समितिका सह–सचिव पिताम्बर सापकोटाले जानकारी दिए ।

    उनका अनुसार अहिलेसम्म मन्दिरमा मार्वल बिछ्याउने, मन्दिरको गर्भगृहमा काष्ठकलाको कलात्मक प्रवेशद्वार निर्माण गर्ने र रामदरबारका भित्ते मूर्तिहरू निर्माण कार्य जारी रहेका छन् । त्यस्तै मन्दिरको रङ्ग रोगन ,कलात्मक लाइटिङ सिस्टम र मन्दिर वरिपरिको प्राङ्गणमा मोजाइक टायल बिछाउने कामलाई पनि तीव्र पारिएको सापकोटाले बताए ।

    कोरोना महामारीले ठूलो रुप नलिए आगामी हनुमान जयन्तीको अवसरमा भव्य यज्ञ आयोजन गरी हनुमानको मूर्तिप्राणप्रतिष्ठा गर्ने, नवनिर्मित मन्दिरको समुद्घाटन तथा महायज्ञ समेत गर्ने तयारी रहेको सापकोटाको भनाई छ ।

    सोही अवसरमा मन्दिरको समुघाटन सहित दातासम्मान कार्यक्रम गर्ने लक्ष्य रहेको हो । मन्दिर निर्माणपश्चात महेन्द्र राजमार्गको छेउमै रहेकाले धेरै धार्मिक पर्यटक भित्राउन मद्दत मिल्ने समितिले विश्वास लिएको छ ।

    २०७५ वैशाख २९ गते गंगादशहराका दिन शिलान्यास गरिएको निर्माणाधीन शिखर खजुराब शैलीको हनुमान मन्दिर निर्माण लागत ३ करोड अनुमान गरिएको छ । हालसम्म २ करोड २० लाख खर्च भइसकेको छ भने महायज्ञसम्म थप ६० लाखको काम बाँकी रहेको सहसचिव सापकोटाको भनाई छ ।

    बाँकी काम सम्पन्न गर्न आबश्यक आर्थिक स्रोतका लागि समितिले धर्मानुरागी श्रद्धालु भक्तसज्जनहरुलाई आह्वान समेत गरेको छ । आर्थिक स्रोत व्यबस्थापनमा सहयोग गरी मन्दिर निर्माणलाई चाँडै पूर्णता दिन सकिने भन्दै मन्दिर समितिले सक्दो सहयोगका लागि आग्रह गरेको हो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.