चितवन,माघ २४ । सडक डिभिजन कार्यालय भरतपुरले राजमार्ग अतिक्रमण गरेर बनाइएका संरचना हटाएको छ ।
वर्षौँअघिदेखि पूर्वपश्चिम राजमार्गको लोथर बजार क्षेत्रमा सडक अधिकार क्षेत्रलाई अतिक्रमण गरि बनाइएका संरचना आज हटाइएको हो ।
सूचना अधिकारी शिव खनालका अनुसार घर टहराहरु भत्काएर हटाउने कार्य सहज वातावरणमा सुरु भएको जानकारी दिए ।
स्थानीयवासी, स्थानीय तह, स्थानीय प्रहरी–प्रशासन, राजनीतिक दलका प्रतिनिधि लगायतको सहयोगमा अतिक्रमण भएका संरचना हटाउन थालिएको खनालले बताए ।
खनालका अनुसार करिव १८ वटा त्यस्ता संरचना रहेको र आधा जति संरचना आजनै हटाइएको बताए । अन्य संरचना स्थानीय आफैले भत्काउने बताएको र नभत्काए पुन हटाउने उनको भनाई छ । उक्त क्षेत्रमा घर टहरा धेरै थिए । राजमार्ग नजिक ससना होटलहरु हुँदा त्यहाँबाट फाल्ने पानी र विभिन्न कारण सडक भत्कने विग्रने धेरै हुन्थ्यो।
खनालका अनुसार संरचना हटाएपछि उक्त क्षेत्रको सडक समेत मर्मत र विस्तार गरिनेछ । पूर्वपश्चिम राजमार्ग भएकाले अति नै व्यस्त हुने सडकको विस्तारका लागि काम सुरु हुने भएको उनको भनाई छ ।
सूचना अधिकारी शिव खनालका अनुसार घर टहराहरु भत्काएर हटाउने कार्य सहज वातावरणमा सुरु भएको जानकारी दिए ।
लोथर पुलबाट १६० मिटर चितवनतर्फको राजमार्गको २५ मिटर दायाँवायाँका संरचना हटाउन सुरु गरिएको हो ।



