काठमाण्डौ । नेपाल सरकारले आगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसँगै मतदाता नामावली संकलनको काम समेत बन्द हुने भएको छ।
आयोगले भोलिदेखिनै मतदाता नामावली संकलन गर्न बन्द गर्ने भएको हो । अव निर्वाचनको तयारीमा जुट्ने आयोगले जनाएको छ ।
Advertisement
अव ९४ दिनजति बाँकी रहेको भन्दै तीव्रगतिमा तयारी थाल्ने आयोगले जनाएको छ । आयोगले यस अघि स्थानीय तहमै गएर मतदाता नामावली संकलनको कार्य तीव्र पारेको थियो । स्थानीय तहमै केन्द्र राखेर अभियान चलाउँदै मतदानयोग्य धेरै मानिसहरुले दर्ता गराएका छन् । यद्यपी अन्तिम मतदाता नामावली भने आयोगले चाँडै प्रकाशन गरेर जानकारी दिने बताइएको छ ।