काठमाण्डौ । नेपाल सरकारले स्थानीय तहको चुनाव एकै चरणमा आउँदो वैशाख ३० गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते शुक्रवार एकै चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिनुभयो ।
Advertisement
यसअघि सरकारले जेठमा चुनाव गर्ने तयारी गरेको थियो । चुनावको मिति पछि धकेल्न भएको अभ्यासविरुद्ध चर्को आलोचना पछि सरकारले जेठ ४ गते निर्वाचन गर्ने तयारी गरेको थियो । तर सरकारले २०७९ साल वैशाख ३० गते चुनाव गर्ने भएको हो ।
स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ । साथै संविधानले स्थानीय तह जनप्रतिनिधिविहीन हुने कल्पना गरेको छैन ।