चितवन । राष्ट्रिय प्रजातन्त्र पाटी चितवनले माडीका २ वडामा पाटी कार्यलय स्थापना गरेको छ । वडा नं. ६ र ९ मा कार्यलय स्थापना गरेको हो । राप्रपा चितवनका जिल्ला सचिव, केन्द्रिय प्रशिक्षक युवा नेता केशव राज भण्डारीको प्रमुख आतिथ्यतामा वडा कार्यालय स्थापना गरिएको हो ।
सो अवसरमा प्रमुख अतिथि भण्डारीले राष्ट्रिय प्रजातन्त्र पाटीको अध्यक्षमा राजेन्द्र लिङदेनको आगमनले सबै नेता कार्यकर्तामा खुसी छाएको बताउनुभयो । उहाँले आगामि चुनावमा माडीमा मेयर र उपमेयर दुवै पदमा राप्रपाको उम्मेद्वार विजयी हुने दाबी गर्नुभएको छ ।
आजको कार्यक्रममा पाटीका जिल्ला कोषाध्यक्ष दिनेश बहादुर अधिकारी, प्रदेश ३ ख का अध्यक्ष रामकृष्ण क्षेत्री, माडी नगर सचिव भोजराज अधिकारी, प्रदेश २ ख का सदस्य गणेश पौडेल, माडी नगर कमिटीका सह सचिव जितेन्द्र मर्दनिया लगाएत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
यसअघि राप्रपाले माडीमा २ वटा वडामा कार्यलय स्थापना गरिसकेको छ । अब बाँकी ५ वडामा माघ मसान्तसम्म कार्यलय स्थापना गर्ने जिल्ला सचिव भण्डारीले जानकारी दिनुभयो ।