×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

प्रेस चौतारी चितवनले मनायो २४औँ स्थापना दिवस, वन्यजन्तुमैत्री विकासमा जोड


  •   शनिबार, माघ २२, २०७८
  • चितवन । प्रेस चौतारी चितवनले २४औँ स्थापना दिवस मनाएको छ । दिसका अवसरमा आज भरतपुरमा आयोजित वन्यजन्तु संरक्षण र विकासः आवश्यकता र चुनौती नामक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

    Advertisement

    सोही कार्यक्रममा बोल्दै चितवनका संरक्षणकर्मीहरुले वन्यजन्तुको संरक्षण गर्न माग गरेका छन् । पछिल्लो समय विकासका कार्यहरुले वन्यजन्तु र तिनीहरुको वासस्थान संकटमा पर्दै गएको भन्दै समयमै वातावरणलाई सरक्षण गरि वन्यजन्तुमैत्री विकास गर्न आह्वान गरिएको छ ।
    सरक्षणकर्मीहरुले तत्काल ऐन नियमनै बनाएर विकास गर्दा मावनलाई मात्रै नभई वन्यजन्तुका लागि समेत हुनेगरी काम गर्न आग्रह गरेका हुन् ।
    प्रेस चौतारी नेपाल चितवन शाखाले आज गरेको कार्यक्रममा बौल्दै राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख बाबुराम लामिछानेले निकुञ्ज र वरण्डभार क्षेत्र समेत रहेको चितवनमा वन्यजन्तुमैत्री विकास नभए भएको प्रतिष्ठा समेत गुम्ने बताउनुभयो । अहिले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशीकाको मस्यौदा तयार पारेर मन्त्रालय पठाएको र यो चाँडै कार्यान्वयनमा आउनुपर्ने बताउँदै विकास निर्माणका काम गर्दा वन्यजन्तुका लागि समेत संरचना बनाउन वाध्यकारी अवस्था हुने बताउनुभयो । विकासका कार्य गर्दा निर्माणका क्रममा,संचालन हुँदा र दीर्घकालिन गरी तीन चरणमा वन्यजन्तु जोखिममा पर्ने भन्दै वन्यजन्तु जोगाउन गर्नुपर्ने कार्यमा ढिलाई गर्न नहुने बताउनुभयो ।

    कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य पार्वती रावलले अव वन्ने ऐन नियम संशोधन गरी वन्यजन्तुमैत्री बनाउने तर त्यसका लागि विशेषज्ञहरुले सुझाव दिन भन्नुभएको थियो । धेरै पुराना ऐन कानुन हुँदा समस्या भएको भन्दै त्यसलाई संशोधन गर्न आफूले पहल गर्ने तर के कस्ता प्रावधान राख्ने भन्ने सल्लाह दिन आग्रह गर्नुभयो ।

    कार्यक्रममा बोल्दै निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष उमानन्द कडेँलले गल्ती सरकारी कार्यालयहरुले गर्ने तर दोष निर्माण व्यवसायी माथि थुपार्ने गरिएको भन्दै असन्तुष्ट व्यक्त गर्नुभयो । विकास निर्माणको काम गर्दा गर्नुपर्ने वातावरणी प्रभाव मूल्याङ्कन ठेक्का खोल्ने कार्यालयले गर्नुपर्ने तर काम विग्रिएपछि निर्माण कम्पनीहरुलाई दोष दिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो । वन्यजन्तु संरक्षण गर्ने दायित्व सवैको भएको भन्दै सरल र सहज कानुन बनाउँदै कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा बोल्दै मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले वन्यजन्तु मर्नु सामान्य विषय नभएको र चितवन सहित नेपालको उचाई विश्वमा पुर्याउन सहयोग गर्ने वन्यजन्तुहरु जुनसुकै तवरबाट बचाइरहन पर्ने बताउनुभयो । आज चितवन निकुञ्ज र यहाँ पाइने वन्यजन्तुका कारण चर्चित रहेको भन्दै संरक्षण नगरी विकास गर्न कसैले सम्झौता गर्न नसक्ने प्रष्ट पार्नुभयो ।

    कार्यक्रममा बोल्दै निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले विकास र संरक्षण सँगसँगै लैजानुपर्ने बताउँदै आगामी दिनमा सवै सचेत हुनुपर्ने बताउनुभयो ।

    जिल्ला अध्यक्ष सुवास पण्डीतको अध्यक्षतामा कार्यक्रम भएको थियो । चितवन निकुञ्ज र मध्यवर्तीका कारण चिरपरिचित रहेको भन्दै वन्यजन्तुको संरक्षण सहितको विकास अपरिहार्य भएकाले स्थापना दिवसमा यसरी अन्तरक्रिया कार्यक्रम राखेको जानकारी दिनुभयो । केन्द्रको २४औँ स्थापना दिवस भएपनि चितवनको भने २२औँ भएको संस्थापक अध्यक्ष रामवावु सुवेदीले बताउनुभयो । स्थापना देखिनै प्रेस चौतारी चितवन श्रमजीवि पत्रकारहरुको हकहितका लागि लड्दै आएको जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.