×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

ढिलाइ भएको भन्दै ठिमुरा पुलको काम तत्काल अघि बढाउन माग


  •   शुक्रबार, माघ २१, २०७८
  • चितवन । निर्माणसम्पन्न हुने चरणमा रहेको पुल भत्कीएर मजदुर समेत मृत्यु भएपछि निर्माणले गति लिन नसकेको ठिमुरा पुलको काम अघि बढाउन माग गरिएको छ ।
    तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्न त्रिशुली नदीको पुल निर्माणको काम तत्काल अघि बढाउन पुल निर्माण समितिले माग गर्दै आज ज्ञापन पत्र समेत बुझाएको छ।
    समितिले आज जिल्ला समन्वय समिति तनहुँलाई ज्ञापनपत्र बुझाउदै सो माग गरेको हो । ज्ञापनपत्रमा माघ २५ गते भित्र कार्य प्रगति हुने गरी काम अघि बढाउन भनिएको छ ।

    Advertisement

    समितिले सो मिति भित्र काम अघि नबढेको खण्डमा संघर्षको कार्यक्रममा गरिने चेतावनी समेत दिएको छ । त्रिशुली नदीमा पुल निर्माणको क्रममा गत वर्षको चैत २४ गते दुई वटा स्ल्याब भाँचिएको थियो । यस्तै बैशाख १२ गते पुन चितवन तर्फको स्ल्याब भाँचिदा दुई मजदुरको मृत्यु भएको थियो ।

    जिल्ला समन्वय समिति चितवनका प्रमुखको संयोजकत्वमा गठित अनुगमन समितिले एक वर्ष भित्र भत्किएको पुल निर्माण सम्पन्न गर्न भनेको थियो । तर जलप नेपाल प्रालिले बीमा दाबीको आधिकारिक सुनिश्चितता नभएसम्म पुलको ट्रस वृज निर्माण गर्न नसकिने बताएको छ ।

    जलप नेपालले काम अघि बढाउन नसक्ने भन्दै पत्र पठाएपछि बुधवारको बैठकको निर्णय अनुसार २५ गते भित्र कार्य प्रगती देखिने गरी काम अघि बढाउन माग गर्दै ज्ञापनपत्र बुझाईएको समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.