×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैँडाकोट ५ मा नेपाली काँग्रेसको ३ टोल कार्यसमिति गठन


  •   मङ्गलबार, माघ १८, २०७८
  • गैँडाकोट । नेपाली काँग्रेस गैँडाकोट वडा नं ५ ले एक दिनमा तीन वटा टोल कार्यसमिति गठन गरिएको वडा सभापति लक्ष्मण कार्कीले जानकारी दिनुभयो । जसअनुसार पतनादेवी टोल समितिमा सञ्जीव डोटेल, वैकुण्ठमार्ग टोल समितिमा ऋषिराम वगाले र समुन्नति टोल समितिमा प्रेमप्रसाद सापकोटा सभापतिमा रहनुभएको छ ।

    Advertisement

    गैँडाकोट ५ ले यस अघि नै मातृभूमि टोल र राधाकृष्ण टोल समिति गठन गरिसकेको छ । पार्टीको विधानको परिच्छेद ३ को दफा ५ को उपदफा १ अनुसार सबै टोल अधिवेशन सम्पन्न गर्नुपर्ने भएकोले वडा नं ५ का सबै १९ ओटै टोल समिति गठन गरी कार्यान्वयनमा ल्याइने जानकारी वडा सभापति कार्कीले दिनुभयो ।

    No description available.

    मंगलबार सम्पन्न कार्यक्रम अन्तर्गत पतनादेवी टोल समितिको सभापतिमा सञ्जीव डोटेल, उपसभापति ईश्वरी खत्री, सचिव विजय शाही, कोषाध्यक्ष कल्पना लम्साल, सहसचिव मीना ढकाल पौडेल, सदस्यहरुमा पार्वती अधिकारी, रचना डोटेल, रामकुमारी अधिकारी, सीता भण्डारी, तुलसी कँडेल, सरस्वती पन्थी, सरस्वती शर्मा, नरहरि कँडेल, संगिता ठकुरी र अनिता ढकाल चयन हुनुभएको छ ।

    त्यसैगरी वैकुण्ठमार्ग टोल समितिको सभापतिमा ऋषिराम वगाले, उपसभापति तुलसी सापकोटा, सचिव शोभा पौडेल, कोषाध्यक्ष देवी गौतम, सहसचिव कृष्ण जिसी र सदस्यहरुमा चन्द्रमणि कँडेल, कृष्णबहादुर नेपाली, नेत्रप्रसाद गौतम, रितु पौडेल, नारायण पौडेल, लक्ष्मी आचार्य, मिना सापकोटा र शक्तिप्रसाद सापकोटा रहनुभएको छ । भने समुन्नति टोल समितिको सभापतिमा प्रेमप्रसाद सापकोटा, उपसभापति जगन्नाथ अधिकारी, सचिव शिवहरि पौडेल, कोषाध्यक्ष संगिता सापकोटा सहसचिव कृष्णकुमारी गौतम र सदस्यहरुमा भूमिश्वर सापकोटा, श्रीप्रसाद सापकोटा, थानेश्वर घिमिरे, जयवल्लभ तिवारी, गुञ्जबहादुर बाचेमगर, मेघनाथ गौडेल, मिनबहादुर शाह, जगत गिरी र रेवती श्रेष्ठ निर्विरोध चयन हुनुभएको छ ।

    No description available.

    उक्त कार्यक्रमहरुमा नगर सचिव गोविन्द प्रसाद घिमिरेले टोल समिति गठनको आवश्यकता र महत्व माथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि गोकुल सापकोटा, ओमप्रसाद सापकोटा, प्रदेश क का सहसचिव शालिकराम घिमिरे, प्रदेश प्रतिनिधि डिलकुमारी घिमिरे लगायतले पार्टीलाई थप सशक्त बनाउन स्थानीय तहदेखि अभियान अगाडि बढाउन लागेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । सबै कार्यक्रमको सहजीकरण वडा नं ५ का सहसचिव विष्णुप्रसाद सिग्देलले गर्नुभएको थियो भने स्वागत वडाका उपसभापति विष्णु गौतमले गर्नुभएको थियो । निर्वाचन कार्यक्रमको सहजीकरण गोविन्द रिमालले गर्नुभएको थियो ।

    कार्यक्रममा नगर सदस्य खडानन्द गौतम श्याम, गौरभभक्त अधिकारी, इन्द्रराज ज्योति पौडेल, भीमप्रसाद शर्मा, गजेन्द्र वन, सरोज कँडेल, भूमिश्वर सापकोटा, दाताराम घिमिरे, कृष्णप्रसाद वगालेलगायत नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको थियो ।

    No description available.

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.