×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनका सुकुम्वासीले पाउने भए रातो लाल पुर्जा, आज निस्सा वितरण


  •   मङ्गलबार, माघ १८, २०७८
  • चितवन,माघ १८ । चितवनमा सुकुम्वासीहरुलाई रातो लाल पुर्जा वितरण गर्ने कार्यको प्रकृया सुरु भएको छ । यसअघि निवेदन दिएका नागरिकहरुलाई आज निस्सा वितरण गरेर यसको थालनी गरिएको हो । जिल्लाको भरतपुर महानगरपालिका वडानम्वर १४ बाट जिल्लामा पहिलो पटक कार्य सुरु भएको भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सेनाले जानकारी दिए ।

    Advertisement

    आज एक कार्यक्रमकावीच महानगर प्रमुख रेनु दाहाल, जिल्ला अध्यक्ष तिमिल्सेना सहितको टोलीले वडानम्वर १४ शिवनगर वडा कार्यालय परिसरबाट निस्सा वितरण सुरु गरेको हो । वडानम्वर १४ मा ९३९ जनाले लालपुर्जाका लागि फाराम भरेका छन् । निस्सा पाएपछि आफूहरुको माग पूरा हुनेमा विश्वस्त रहेको सुकुम्वासीहरुले बताएका छन् । अव हाम्रो भन्ने पाइने भयो भन्दै नेताहरुले बोलेको कुरा पूरा गर्न लागेको भन्दै खुसी व्यक्त गरेका थिए ।

    महानगर प्रमुख रेनु दाहालले पुर्जा वितरणका लागि पहिलो चरणमा परेको र भूमिहिन सुकुम्वासी,भूमिहिन दलित अव्यवस्थित नागरिकहरुलाई आफ्नै कार्यकालमा जग्गा सहित रातो लाल पुर्जा दिन पाउँदा खुसी लागेको बताइन् ।

    निस्सा प्राप्त गरेका व्यक्तिहरुलाई रातो लाल पुर्जा दिन भोलिदेखि फिल्डमा आयोगका प्राविधिकसहित स्थानीय निकाय र सरोकारवालाको उपस्थितिमा नापजाँच थालिने भएको छ ।

    नेपाल वसोवास वस्ती संरक्षण चितवनका सल्लाहकार राम बहादुर नेपालीले पहिलानै सेटेलाइटबाट लिएको नापलाई फिल्डमा पुन प्रमाणीत गरेर रातो लाल पुर्जा दिने सहमति भएको बताए ।

    चितवनको ३ वटा स्थानिय तहमा लालपूर्जा वितरणको लागि आयोगका अध्यक्ष बद्री तिमिल्सिनासहितको टोली आफै फिल्डमा खटिएर स्थलगत निरीक्षण गरेको हो ।

    भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना, कालिका नगरमा ५ हजार ५ सय ५९ जना र माडी नगरमा ५ हजार ४ सय ५६ जना दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपूर्जाको माग गर्दै निवेदन दिएका छन् । आयोगले भरतपुर महानगरपालिकाको ६ वटा वडा, कालिका नगर र माडी नगरपालिकाको ३÷ ३ वटा वडा गरि १२ वटा वडाबाट पहिलो चरणमा काम सुरु गरेको हो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.