नवलपुर । नवलपुरको प्रशिद्ध धार्मिक तीर्थस्थल त्रिवेणीधाममा स्नान गर्नेहरुको भीड छ । माघे औँशीका दिन वर्षेनी यहाँ भक्तजनहरुको भीड लाग्ने गरेको हो ।
नारायणी नदीमा स्नान गर्नाले पुन्य मिल्ने विश्वास रही आएको छ । भारतबाट समेत हजारौँ भक्तजनहरु आएर स्नान गरेका हुन् । स्थानीय प्रशासनले भीडभाड नगर्न,मेला लगाउन नपाइने आदेश जारी रहेपनि भक्तजनहरुको भीड लागेको हो । माघे औशीको अघिल्लो दिन सोमवारवाटै मेला लागेको छ ।
भारतको बिहार , उत्तरप्रदेश र नेपालका बिभिन्न स्थानवाट भक्तजनहरु स्नान गर्न र पुजापाठ गर्न गएका हुन । मठमन्दिरमा मंगलवार बिहानैदेखि पुजापाठ र भजन किर्तन गर्नेको घुइचो लागेको छ ।
त्रिवेणीधाम स्थित गजेन्द्रमोक्ष दिब्यधामका स्वामी कृष्ण प्रपन्नाचार्य का अनुसार आज माघे औशीमा त्रिवेणीधाममा स्नान गर्न देबताहरु समेत आउने जन बिश्वास रहेकाले यो औशीमा यहा स्नान गर्नाले पुन्यमिल्ने परापुर्वकालदेखिको बिश्वास रहेको छ । त्रिवेणीधाम बजारवाट २ किलोमिटर उत्तरमा रहेको गजेन्द्र मोक्षदिब्यधाममा दर्शनार्थीको घुइचो लागेको छ । यो यहाको सबै भन्दा ठुलो र भब्य मन्दिर हो ।