नवलपुर । नवलपुर जिल्लाकाे कावासाेती १३ मा अटाे चालककाे शव फेला परेकाे छ। हत्या गरि शव फालिएको अाशकांमा अनुसन्धान सुरु गरिएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिप गिरिले जानकारी दिनुभयाे।
कावासोती नगरपालिका वडा नं. १३ गैरी घर भएका ५२ वर्षीय माधवप्रसाद गिरीको शव भेटिएको हाे ।
घर नजिकैको घोलमा उनको शव गाडिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएकाे छ ।
Advertisement
सडक छेउमा अटो राखिएको र त्यसकाे करिव २ सय मिटर पर घोलको हिलोमा शव भेटिएकाे हाे ।
अहिले घटनास्थल सुरक्षित राखिएको र वागमती प्रदेश प्रहरीसँग कुकुर माग गरिएकाे डिएसपि गिरिले जानकारी दिएका छन् ।