×
मङ्गलबार, जेठ ०७, २०८२
☰
मङ्गलबार, जेठ ०७, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

लालपूर्जा वितरण गर्न चितवनमा स्थलगत निरीक्षण


  •   सोमबार, माघ १७, २०७८
  • चितवन: लालपूर्जा वितरणको प्रक्रियाका लागि राष्ट्रिय भूमि आयोग चितवनले स्थलगत निरीक्षण गरेको छ । चितवनको ३ वटा स्थानिय तहमा लालपूर्जा वितरणको लागि आयोगका अध्यक्ष बद्री तिमिल्सिनासहितको टोली आफै फिल्डमा खटिएर स्थलगत निरीक्षण गरेको हो ।
    भरतपुर महानगरकी प्रमु्ख मेयर रेनु दाहाल र कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठसँग छलफल, भेटघाटसगैँ लालपूर्जा वितरण गर्ने स्थानहरुको आफै निरीक्षण गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।
    मंगलबार (भोली) देखी स्थानीय निकाय र सरोकारवालाको उपस्थितिमा सेटेलाइट र नापीका प्राविधिकसहित काम सुरु हुने सो अवसरमा जानकारी दिदै विवादरहित तरिकाबाट सहकार्य गर्न अध्यक्ष तिमिल्सीनाले मेयरहरुसगँ आग्रह पनि गर्नुभयो।
    आयोगले भरतपुर महानगरपालिकाको ६ वटा वडा, कालिका नगर र माडी नगरपालिकाको ३ ३ वटा वडा गरि १२ वटा वडाबाट पहिलो चरणमा काम सुरु गर्ने उहाँले बताउनुभयो।
    एउटा टोलीमा १ जना सर्वेक्षक र एक जना अमिनीसहित बाँकी स्थानिय पालिकाले सहयोग गर्न पठाएका प्राविधिकसहितका बढी ४ जना गरि ६ जनाको टोली प्रत्येक वडामा खटिई सबै विवरण डिजिटलाईजेसन गरेसगैँ लालपूर्जा वितरणको कार्य सुरुवात हुने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।
    भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना, कालिका नगरमा ५ हजार ५ सय ५९ जना र माडी नगरमा ५ हजार ४ सय ५६ जना दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपूर्जाको माग गर्दै निवेदन दिएका छन् ।
    स्थलगत क्रममा भरतपुर महानगरकी मेयर रेनु दाहालले चुनावी अभियानका क्रममा आफुहरुले बोलेको बाचा पुरा गर्न भूमि आयोगका अधयक्ष तिमिल्सिनाको सक्रियता प्रशंसनीय रहेको बताउनुभयो ।
    भने उता कालिका नगरका मेयर खुमनारायण श्रेष्ठले जनतालाई लालपूर्जा दिने अभियानमा आयोग सक्रियता तीव्र बनेकोमा खुसी व्यक्त गरे । यस्तै आयोगमा ३० बर्ष अगाडीदेखी सेतो पूर्जा प्राप्त गरेका माडी नगरका २ सय ९७ जनालाई लालपूर्जा दिने प्रक्रिया समेत तत्कालै सुरु हुने उनले बताए ।
    यस्तै सोही अवसरमा बोल्दै अध्यक्ष तिमिल्सिनाले २०३६ मा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर–१४ नम्बर वडा तत्कालिन शिवनगर गाँउ पञ्चायतको हनुमाननगरको गौचरनमा दलित भूमिहीन र सुकुम्वासीलाई बसाएको ठाँउबाट लालपूर्जा वितरण कार्य सुरुवात गर्ने समेत जानकारी गराउनुभयो ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.