चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको आदेशमा केही हेरफेर गरेको छ । कोभिड १९ को तेस्रो लहर तीव्र वन्दा जारी आदेशलाई परिमार्जन गरेर केही बुँदा सच्याएको छ ।
नयाँ आदेश अनुसार विद्यालयका भौतिक कक्षा माघ मसान्तसम्म नै संचालन गर्न नपाइने भएको छ ।
विद्यालय,विश्वविद्यालय,ट्यूशन सेन्टर,तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलपा संञ्चालन गर्दा माघ मसान्त सम्म भौतिक उपस्थितीमा संचालन नगर्न निरन्तरता दिइएको छ । ती शैक्षिक क्रियाकलपा भरचुअल वा वैकल्पिक विधिबाट संचालन गर्न निर्देशन दिइएको छ ।
त्यस्तै सिनेमा हल,डान्स बार,दोहोरी,नाचघर,क्लव,हेल्थ क्लव, जिम खाना,स्वीमिङ पुल,फुटसल, पटके हाटबजार र मानिसहरुको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम पनि माघ मसान्त सम्मनै संचालन गर्न नपाइने गरी आदेश जारी गरिएको छ ।
चितवन प्रशासनले कोभिड संक्रमित बढ्दै गएपछि माघ ३ गते आदेशहरु जारी गरेर कडाई गरेको थियो ।




