चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले देवघाटको धर्मशालामा मृत भेटिएका एक पुरुषको शव पहिचानका लागि आह्वान गरेको छ ।
Advertisement
माघ ८ गते भरतपुर १ देवघाटको थारु धर्मशालामा बस्ने नामथर नखुलेका ६०,६५ वर्षीय पुरुष सुतिरहेको अबस्थामा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
शव फेला पछि घटनास्थल तथा लाश जाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शव पोष्ट मार्टमको लागि भरतपुर अस्पताल चितवनको शव गृहमा राखिएको चितवन प्रहरीले जानकारी दिएको छ ।
हालसम्म मृतकको आफन्तहरु कोही सम्पर्कमा नआएक र हुलिया भएको व्यक्ति कोही कसैले चिन्नु भएमा आफन्तलाई नजिकको प्रहरी कार्यालय अथवा जिल्ला प्रहरी कार्यलय चितवनमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।



