नवलपुर । बंदेलको मासु लिएर आएका दुई जीप र ६ जना मानिसलाई जिल्ला प्रहरी कार्यालय नवलपुरले नियन्णमा लिएर बन कार्यालय बुझाएको छ।
पूर्वपश्चिम राजमार्गमा सवारी चेकजाँच गर्दा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु २ च ६८९८ मा तीन वटा मृत बँदेल र दुइवटा टाउको र ना ३ च ७१८८ नम्बरको पिकअपमा ४ वटा मृत बँदेल र दुई वटा टाउको बरामद भएको छ ।
पक्राउ पर्नेहरुमा पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका ९ बस्ने वर्ष ३८ का हेम नारायण मुखिया थारु, प्रभु डुम, बब्लु डुम, बर्दघाट नगरपालिका ४ का सुमित काउचर, अनिल केव र मुकेश राजभर रहेका छन् ।
Advertisement