×
शनिबार, साउन ०४, २०८२
☰
शनिबार, साउन ०४, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

सपना स्कुल र युलेन्सवीच सम्झौता,सैद्धान्तिसँगै व्यवहारिक शिक्षामा जोड दिइने


  •   शुक्रबार, माघ १४, २०७८
  • चितवन, माघ १४ । खेल्दै सिक्दै प्रकृयालाई थप प्रभावकारी गराउन सपना स्कुल सौराहा रत्ननगर र युलेन्स एजुकेशन फाउण्डेशन ललितपुरबीच आज सम्झौता भएको छ । सम्झौता पत्रमा सौराका स्कलका संरक्षक ध्रुव गिरी र युलेन्सका कार्यकारी निर्देशक डा अरनिको पाँडेवीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

    Advertisement

    सम्झौतापत्रमा चार मुख्य विषयहरुलाई प्राथमिकता दिएको छ । सपनाले अबलम्बन गरेको खैल्दै सिक्दै सिकाइ पद्दतीलाई संस्थागत रुपमा अगाडि बढाउने, सपना स्कुलको शैक्षिक विकासको लागि योजना निर्माणमा युलेन्सले सहयोग गर्ने, युलेन्सको अनुभव र विशेषतालाई सपना स्कुलमा प्रयोग गर्ने, युलेन्सको पाठ्यक्रमका आधारमा सपना स्कुलमा पढाई सुरु गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

    त्यसैगरी सपना स्कुलका शिक्षकहरुलाई युलेन्समा सिक्ने अवसर प्रदान गर्ने र युलेन्सका विद्यार्थीहरु शैक्षिक भ्रमणमा आउदा सपना स्कुलले सहयोग गर्ने गरी सहमती भएको सपना स्कुलका संरक्षक गिरीले बताए ।
    सपना भिलेज सोसियल इम्प्याक्ट चितवनले संचालन गरेको विद्यालयमा हाल २५ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । मुसहर, थारु समुदायका वालवालिका सहित विपन्न परिवारका विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर पढाउदै आएको विद्यालयले सम्झौतापछि थप गुणस्तीय शिक्षा दिन सकिने विद्यालयका संरक्षक गिरीले बताए ।

    युलेन्स सँग सम्झौतापछि अव शैक्षिक ज्ञान, पाठ्यक्रम, पढाउने विधि आदिवारे आदनप्रदान हुने उनको भनाई छ । शिक्षा सैद्धान्तिक मात्र नभई सिद्धान्त र व्यवहारलाई जोडेर गुणस्तरीय शिक्षा दिने अभियान रहेको भन्दै सम्झौताले थप टेवा पुग्ने उनले बताए ।

    कार्यक्रममा बोल्दै युलेन्सका सीइओ डा अरनिको पाँडेले दुवै संस्था गैरनाफामूलक रहेको र उद्देश्य मिलेपछि सम्झौता गरेको बताए । काठमाण्डौका विद्यार्थीलाई चितवनको प्रकृति,संस्कृति रहनसहन बारे जानकारी दिने र चितवनका विद्यार्थीलाई काठमाण्डौको सिकाई प्रकृया आदनप्रदान गर्ने,शिक्षकहरुलाई तालिम दिने आदि कार्य गर्नेगरी सम्झौतामा उल्लेख गरिएको उहाँले जानकारी दिए ।

    कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका नगरप्रमुख नारायण वनले यो सम्झौताले गुणस्तरीय शिक्षा सँगै व्यवहारिक ज्ञान हासिल गर्न विद्यार्थीहरुलाई सहज हुने बताए साथै नगरभित्रका सरकारी सामुदायिक विद्यालयमा पनि सिकाई प्रकृया,अध्यापन गराउने विधिवारे परामर्श तालिम प्रदान गर्न फाउण्डेशनलाई आह्वान गरे ।

    गरिबी निवारण गर्ने लक्ष्यका साथ ११ जुन २०१२ मा स्थापना भएको सपना भिलेज सोसियल ईम्प्याक्टले सन् २०१६ मा सपना स्कुल स्थापना गरेको हो ।

    सपना स्कुल व्यवस्थापन समितिकी अध्यक्ष बर्षा पुरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष लालबहादुर भट्ट, नगर शिक्षा अधिकारी बद्रिनारायण शर्मा, सपना स्कुलका सचिव मेघराज पुरी, भरतपुर अस्पतालका प्रमुख डा. कृष्णप्रसाद पौडेल लगायतले मन्तव्य राखेका थिए ।

    कार्यक्रम सुजन बस्नेतले सहजीकरण गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक
    टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी
    साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार
    नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट
    तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
    बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    लोकप्रिय

    भर्खरै

    • १.
      सडक सुरक्षा सम्बन्धि समिक्षा बैठक

    • २.
      टिकटकमा गीत गायर,दाेष लगायर नेपाल पेभेलियन खुल्दैन : राजदुत सुवेदी

    • ३.
      साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सीमित, काठमाण्डौ महानगरले दियो २५ लाख पुरस्कार

    • ४.
      नेपाल प्रहरीले मनायो कुकुर तिहार, टाइगर उत्कृष्ट

    • ५.
      तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा

    • ६.
      बुलिङटारमा रक्तदान, ५१ जना सहभागी

    • ७.
      तियारी जाल प्रयोग गर्ने ३ जनालाई कारबाही

    • ८.
      कावासोतीको बालुवा डांडाको दुर्घटना अपटेडः२ जनाको मृत्युु

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.