×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

रोकिएको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माणमा खेलकुद मन्त्रीको चासो


  •   बिहिबार, माघ १३, २०७८
  • चितवन । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरपालिकाले गृहकार्य थालेको छ । ‘धुर्मुस सुन्तली’ फाउन्डेसनले ३ वर्षअघि शुरू गरेको रंगशाला निर्माणको काम अहिले अलपत्र छ ।आर्थिक संकटका कारण धुर्मुस–सुन्तलीले रंगशाला निर्माणको कामबाट हात झिकेपछि भरतपुर महानगरले सक्रियता लिएको छ ।

    Advertisement

    रंगशालाको काम अगाडि बढाउने विषयमा भरतपुर महानगरले सर्वपक्षीय अन्तर्क्रिरया राखेको थियो । सरकारले आर्थिक सहयोग गरेमा महानगरपालिका आफैंले रंगशाला निर्माणको काम गर्ने तयारी गरेको छ ।
    अन्तरक्रिया कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अलपत्र पर्न नदिने प्रतिबद्दता जनाए ।उनले खेलकुद क्षेत्रको गौरवको आयोजना भएकाले यो परियोजना अलपत्र पर्न नदिने बताए ।

    नेपालमा अन्तर्राष्ट्रिय स्तरका खेल खेलाउन मिल्ने रंगशाला नभएको भन्दै उनले सबै हिसाबले उपयुक्त ठाउँमा रहेकाले भरतपुरमा निर्माण रोकिएको रंगशाला सम्पन्न गर्नुपर्नेमा जोड दिए । कुन तरिकाले व्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा मन्त्रालयको सिंगो टोली यहाँ आएको भन्दै मन्त्री गहतराजले टोलीलले अध्ययन थाल्ने बताए । रंगशाला सम्पन्न गर्न स्थानियको चासो हुनु पर्ने भन्दै उनले भने “तपाईहरु एक ढिक्का भएर नलागे परियोजना अलपत्र पर्न सक्छ ।”

    केन्द्र, प्रदेश र महानगरको संयुक्त प्रयासबाट रंगशाला सम्पन्न हुने उनको भनाई थियो । खेलकुदका पूर्बाधारहरु बजेटको अभावमा अलपत्र परेका भन्दै दातृ निकायहरुसंग आर्थिक सहयोगका लागि कुराकानी समेत भईरहेको उनले बताए। रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुश–सुन्तली फाउण्डेशनले अहिले सम्मको खर्च बिबरण यथाशिघ्र सार्बजनिक गरेर बुझाएमा काम अघि वढाउन सहज हुने मन्त्री गहतराजको भनाई थियो । राष्ट्रिय सहमती जुटेर अघि वढेको देशकै यो नमुना परियोजना भएकाले यसलाई सम्पन्न गर्न मन्त्रालयको ध्यान गएको छ,उनले भने ।


    युवा तथा खेलकुद मन्त्रालयका सचिब डा.दामोदर रेग्मीले परियोजना सम्पन्न गर्न मन्त्रालय सकारात्मक रहेको बताए । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रंगशालाको हाल सम्मको संक्षिप्त बिबरण पेश गर्दै सो को दिर्घकालिन व्यवस्थापन गर्नका लागि महानगरपालिकाको स्रोत, साधन र क्षमताले नभ्याउने भएकाले संघिय सरकारको निर्णय आबश्यक भएको बताईन । यो महानगर भित्रको गौरबको आयोजना भएको भन्दै प्रमुख दाहालले यसमा ३० हजार भन्दा बढि नागरिकको आर्थिक रुपमा योगदान रहेको बताईन ।

    कार्यक्रममा प्रदेश सभा सदस्य, राजनैतिक दलका जिल्ला स्थित प्रमुख एबं प्रतिनिधिहरु, उद्योगी व्यवसायी, खेल प्रेमि लगाएतले सुझाब दिदै यो आयोजना संघिय सरकारले सम्पन्न गरेर व्यवस्थापन गर्नु पर्नेमा जोड दिएका थिए ।आर्थिक बिषय सार्बजनिक गर्नुपर्नेमा जोड दिए पछि फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले केही दिन भित्रमानै आय–व्यय सार्बजनिक गर्ने बताए ।

    यो आयोजना बिशम परिस्थितिका कारण सम्पन्न गर्न नसके पनि आर्थिक रुपमा पारदर्शि गरिएको बताए । भरतपुरमा निर्माणाधिन रंगशाला आर्थिक अभावका कारण बिगत चार महिना देखि काम रोकिएको छ । सो आयोजना सम्पन्न गर्न रु ३ अर्ब हाराहारी खर्च हुने अनुमान रहेको छ । फाउण्डेसनले आर्थिक अभाव भएको भन्दै आयोजनाको स्वामित्व लिइदिन भरतपुर महानगरपालिकालाई अनुरोध गरेको छ ।

    अन्तरक्रिया कार्यक्रम अघि मन्त्री गहतराज सहितको मन्त्रालयको टोलिले काम रोकिएको रंगशालाको निरिक्षण गरेको थियो । सो अबसरमा महानगर प्रमुख दाहाल, उपप्रमुख पार्बती शाह ठकुरी लगाएतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.