चितवन । नेटवर्कीङको धन्दा गरी ठगी गरेको आरोपमा पक्राउ परेकाहरु पूर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले नेटवर्कीङबाट ठगी गरेको भन्दै गत मंसिर १७ गते पक्राउ गरेको थियो ।
Advertisement
पक्राउ पर्नेहरुमा भरतपुर २६ का ३६ वर्षीय सरोज घिमिरे, भारत राजस्थान प्रदेश शास्त्रीनगर जयपुर बस्ने २८ वर्षीय जितेश बर्मा र हरियाणा प्रदेश ३४ वर्षीय अंकीत शर्मा रहेका छन् ।
उनीहरुलाई भरतपुर १० को सीजी ल्याण्डमार्कमा नेटवर्कीङ विजनेस सम्वन्धी सेमिनार गरिरहेकै अवस्थामा पक्राउ गरेको थियो ।
पक्राउपश्चात उनीहरुविरुद्ध चितवन जिल्ला अदालतबाट नेटवर्कीङ ठगीको कसुरमा म्याद अनुमति लिइ संगठीत रुपमा नेटवर्कीङ ठगी गरेको कसुरमा अभियोग पत्र पेश भएको थियो । अदालतले पुर्पपक्षका लागि कारागार चलान गरेको प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारीदिए ।