×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नेपालमै पहिलो ‘कृष्णमुर्ति पद्धति’को ज्योतिष र जन्मकुण्डली अनुसार घरनक्सा बनाउने सेवा भरतपुरमा सुरु


  •   बिहिबार, माघ १३, २०७८
  • चितवन । नेपालमै पहिलो पटक कार्मिक ज्योतिष (केपी सिस्टम) सेवा भरतपुरमा सुरु भएको छ । इन्जिनियरीङ विषय अध्ययन गरेका बुलिङ्टार घर भएका सुजल गिरी र उनका साथीहरुको समूहले भरतपुर १० हाकिम चोक मा यो सेवा संचालनमा ल्याएका हुन् । ज्योतिष सेवा सहित आधुनिक अध्ययन गरी वास्तुशास्त्र र जन्मकुण्डलीको आधारमा घर नक्सा समेतको सेवा दिनेगरी संचालनमा ल्याइएको हो ।

    Advertisement

    कार्मिक ज्योतिष एस्ट्रोवास्तु तथा शुभ इन्जिनियरिङ कन्सल्टेन्सी नामको व्यवसाय स्थापना गरेर आजदेखि सेवा दिन थालिएको संचालक सुजल गिरीले जानकारी दिए । उनले भने,“यो वैदिक ज्योतिषको विकसित रूप हो । ज्योतिषमा यो हुनेछ त्यो हुनेछ त भनिन्छ तर हामीले चाहिँ त्यो हुनुको कारण समेत पत्ता लगाएर समाधान समेत दिनेछौँ । सरकारी निकायमा दर्ता भएर संचालनमा आएको यो सेवा नेपालमै पहिलो हो ।”

    गिरीका अनुसार ज्योतिष सेवा सँगै वास्तु हेरी जन्मकुण्डली अनुसार घरको नक्सा समेत बनाइन्छ । जन्मकुण्डली अनुसार घरको नक्सा बनाइदिने सेवा समेत नेपालमै पहिलो भएको गिरीको दावी छ ।

    अहिले बजारमा उपलब्ध सेवाभन्दा आफूले अध्ययन गरेको विषय धेरै आधुनिक रहेको र कुण्डली समेत बनाएर भविष्यवाणी गरिने भएकाले भविष्यवाणी समेत वास्तविकताको नजिक पुग्ने गिरीको भनाई छ । उनले भने,“भविष्यवाणी गर्दा अनुमान भन्दापनि ठ्याक्कै मिलाउने गरी हेरिन्छ । हामीसँग विकसीत सफ्टवेयर, सोही अनुसारको अध्ययन विधि छ । खराब समय चलेको अवधिमा पनि के गर्दा राम्रो हुन्छ भन्ने सही उपाय हामीले दिने गर्दछौँ । जन्म समयको सेकेण्ड समेत पत्ता लगाएर ज्योतिष सेवा दिनेछौँ ।”

    केपी ज्योतिष प्रणालीमा सूक्ष्म तरिकाले व्यक्तिको भविष्य अध्यन गरिने र भविष्य सामान्य ग्रहबाट नभई उप नक्षत्रबाट भविष्यवाणी गरिने गिरीले बताए । उनले भने,“ चिना र क्याल्कुलेशनबाट कि हुन्छ कि हुदैन भन्ने परिणाम आउंछ ।” सोही अनुसार घरको नक्सा बनाउँदा जीवनमा कहिल्यै दुख आइनपर्ने उनको दावी छ ।

    गिरीले अध्ययन गरेको विषय नेपालमै पहिलो भएको र उनी सहित १९ जनाको समूहले यो ज्योतिष विधा अध्ययन गरेको बताए । पाल्पाका लक्ष्मण भण्डारीसँग केपी पद्धती अर्थात कृष्णमुर्ति पद्धतीको एडभान्स कोर्ष पूरा गरेको उनले बताए । ज्योतिष सेवा भविष्यवाणी नभई मार्गनिर्देशन हो भनेर आफूले यो सेवा ल्याएको र सोही अनुसारको सेवा दिने उनको भनाई छ ।

    गिरीका अनुसार जन्मकुण्डली अनुसार घरको नक्सा तयार पारिने, वास्तुसम्वन्धी सेवा, ज्योतिष परामर्श, जन्म समय शुद्धिकरण गर्ने,कम्प्युटर प्रविधिबाट चिना बनाउने सेवा उपलब्ध गराउने बताउँदै उद्घाटनको यो अवसरमा चिना अनुसार घरको नक्सा बनाउने सेवामा ३० प्रतिशत, वास्तु सेवामा ४० प्रतिशत, ज्योतिष परामर्शमा १८ प्रतिशत र कम्प्युटर प्रविधिबाट चिना बनाएको ५० प्रतिशत छुटको अफर रहेको गिरीले जानकारी दिए ।

    गिरी स्वयम् पनि इन्जिनियरीङ विषय अध्ययनसँगै ज्योतिषसास्त्रको आधुनिक विद्या अध्ययन गरेका हुन् । उनीसँगै अध्ययन गरेका व्यक्तिहरु मिलेर सुरु गरेका यो सेवाबाट विज्ञान र ज्योतिषको सेवा एकैठाउँबाट दिएर सेवाग्राहीलाई सन्तुष्ट पार्ने मुख्य उद्देश्य रहेको गिरीको भनाई छ ।

    भरतपुर १० हाकिम चोक मा कृषि विकास वैँकको नजिक कार्यालय स्थापना गरेर सेवा दिन थालिएको हो । नमस्ते डेण्टल रहेको माथिल्लो तल्लामा कार्यालय रहेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.