रत्ननगर । पूर्वी चितवनका पत्रकार लक्ष्मण सापकोटाले मोवाइल हाउस संचालनमा ल्याएका छन् । रत्ननगर १ सौराहा चोकैमा उनले कनेक्सन मोवाइल नामक पसल संचालनमा ल्याएका हुन् । कनेक्सन मोवाइल हाउसको यो दोस्रो शाखा हो ।
आज उद्घाटन गरिएको पसलबाट मोवाइल, घडी सम्वन्धी सवै सेवा र गुणस्तरीय मर्मत सेवा उपलब्ध गराउने उनले बताए । पछिल्लो समय मोवाइल मर्मतका लागि भरतपुर आउनुपर्ने वाध्यता देखेपछि गुणस्तर र उच्च प्रविधिबाट मोवाइल मर्मत गर्ने सेवा रत्ननगरबाटै उपलब्ध गराउनेगरी पसल संचालनमा ल्याएको सापकोटाले बताए ।
मोवाइलको हार्डवयर सफ्टवेयर अध्ययन गरेका भाइ युवराज सापकोटा र उनी मिलेर संचालनमा ल्याएको पसलमा सवै कम्पनीका मोवाइल मर्मत,नयाँ खरिदविक्रि, स्पिकर, घडी आदि खरिद गर्न पाइनेछ ।
मोवाइलसँग सम्वन्धीत हार्डवयर सफ्टवयर अध्ययन गरेका भाइ युवराजबाट गुणस्तरीय मोवाइल मर्मतको सेवा लिन तथा नयाँ मोवाइल घडी खरिद गर्न सकिने भन्दै उद्घाटनको अवसरमा केही छुट समेत प्रदान गरिएको संचालक एवम पत्रकार लक्ष्मण सापकोटाले जानकारी दिए ।



