×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

रत्ननगरका विपन्न किसानलाई नगरपालिकाले दियो अनुदानमा उन्नत जातका गाई


  •   बिहिबार, माघ १३, २०७८
  • चितवन,रत्ननगर १३ माघ । चितवनको रत्ननगर नगरपालिकाले आर्थिक अबस्था कमजोर रहेका पशुपालक किसानहरुलाई अनुदानमा गाई वितरण गरेको छ ।

    Advertisement

    पशुपालन मार्फत गरिबी न्यूनीकरण गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा गाई वितरण गरिएको हो । विहीबार नगरपालिकामा एक औपचारिक कार्यक्रमको आयोजना गरी सो नगरपालिकाले विपन्न किसानहरुको पहिचान गरी दुहुना गाई वितरण गरेको हो छ ।

    किसानलाई गाई वितरणको लागि सो नगरपालिकाको नवौं नगर सभाले एक करोड रुपैयाँ विनियोजन गरेको थियो । नगरपालिकाको एक करोड र किसानको एक करोड गरी दुई करोडको लगानीमा २०० वटा दुधालु गाई वितरण गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए । विहीबार १६ जना किसानलाई ५० प्रतिशत अनुदानमा गाई वितरण गरिएको छ ।

    सो नगरपालिकाले गाईसंगै गोठ सुधारको लागि १० हजार रुपैया समेत प्रदान गरेको छ । नगरपालिकाले प्रदान गरेको १० हजारमा किसानले १० हजार थप गरी २० हजारमा गोठ मर्मतको काम गर्नुपर्छ । गाईको सवालमा किसानले कम्तिमा ८० हजार मुल्य बराबरको गाई खरिद गर्नुपर्छ ।

    विहान बेलुका गरी कन्तिमा १० लिटर दुध दिने र सो गाई पूर्ण रुपमा स्वस्थ्य हुनुपर्ने पशु विकास अधिकृत शालिग्राम पौडेलले बताए । नगरपालिकाले किसानको आर्थिक अबस्था मुल्याङकन गरी पशुपालनबाटै जीविका चलाउछु भन्ने विश्वास भएको किसानलाई मात्र गाई वितरण गर्ने उनले जानकारी दिए ।

    मेयर नारायण वन,उपमेयर विमला दुवाडीले नगरपालिकाको प्राङ्गढमा किसानलाई गाई हस्तान्तरण गरेका छन् । अनुदानमा गाई पाएपछि किसानहरु उत्साहित भएका छन् ।

    रत्ननगर १३ अमेलियाकी किसान पदमकुमारी न्यौपानेले यस अघि नगरपालिकाले दिएको अनुदान रकमबाट बाख्रापालन गरी जीविकोपार्जन गरेको र अहिले गाई समेत पाउदा खुसी लागेको बताइन । उपमेयर दुवाडीले नगरको गौरबको योजना अन्तर्गत किसानलाई गाई वितरण सुरु गरिएको बताइन ।

    मेयर वनले सुत्केरी पशुलाई भत्ता पछि किसानलाई उद्यमी बनाउन गाई वितरण गरिएको बताए । विदेशबाट फर्किएर स्वदेशमै केही गर्न इच्छुक युवा र आर्थिक अभावका कारण पशुपालन गर्न नसकेका गरिब किसानहरुको पहिचान गरी गाई वितरण गरिएको बताए । कार्यक्रममा आर्थिक विकास समितिका संयोजक गुप्तनाथ भट्टराई,नेकपा एमालेका नगर सचिव शिवराज सुवेदी,नेपाली कांग्रेसकी नगर सचिव अनिता अर्याल लगायतले मन्तव्य राखेका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.