×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नारायणी कला मन्दिरको अध्यक्षमा सुवीर श्रेष्ठ निर्वाचित


  •   बिहिबार, माघ १३, २०७८
  • नारायणगढ । नारायणी कला मन्दिरको अध्यक्षमा सुवीर श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार सम्पन्न अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । आगामी दुई वर्षे कार्यकालको लागि कार्यसमिति सदस्यहरूमा हरिकुमार राजभण्डारी, सुष्मिता श्रेष्ठ, सनदकुमार पिया, सरला जोशी, प्रवीणकुमार श्रेष्ठ, हर्षमान श्रेष्ठ, रामशरण सिलवाल, शालिकराम सापकोटा, सुसनलाल प्रधान, रोहितकुमार श्रेष्ठ र अनुकुल श्रेष्ठलाई चयन गरिएको निर्वाचन समितिका संयोजक बद्रीलाल प्रधानले जानकारी दिए ।

    Advertisement

    कार्यसमितिमा आवश्यक संख्यामा मात्रै उमेदवारी दर्ता गराएको हुँदा सर्वसम्मतरूपमा नयाँ कार्यसमिति चयन भएको उनले बताए । अध्यक्षबाहेकका पदाधिकारीको जिम्मेवारी बाँडफाँड नयाँ कार्यसमितिको पहिलो बैठकबाट टुंगो लगाउने प्रावधान रहेको कला मन्दिरका निवर्तमान अध्यक्ष उद्धव जोशीले जानकारी दिए । कोरोना भाइरस संक्रमण जोखिमका कारण जिल्ला प्रशासनबाट जारी आदेशानुसार स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्नुका साथै सीमित व्यक्तिहरूको उपस्थितिमा अधिवेशन सम्पन्न गरिएको हो ।

    नवनिर्वाचित कार्यसमितिले सोमबार अधिवेशन सकेलगत्तै पदभारसमेत ग्रहण गरिसकेका छन् । वि.सं.२०१९ सालमा स्थापना भएको कला मन्दिरले हरेक दुई÷दुई वर्षको अन्तरालमा नयाँ नेतृत्व चुन्दै आएको छ । कला मन्दिरका पूर्व अध्यक्ष एवम् उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठसहित कला मन्दिरका पूर्वअध्यक्षहरूको उपस्थितिमा पदभार ग्रहण गरिएको हो ।

    सोही अवसरमा चितवन महोत्सवको १३औँ संस्करणमा सांस्कृतिक कार्यक्रममार्फत महोत्सवमा सहभागी कलाकार तथा सहयोग गर्ने व्यक्तिहरूलाई पनि मायाको चिनो वितरण गरेको थियो । उक्त महोत्सवमा नारायणी कला मन्दिरले सांस्कृतिक कार्यक्रमको संयोजन गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.