मघ १२ । तनहुँको ऋषिङ गाउँपालिकाको जनसंख्या १८ हजार ८२१ पुगेको छ । १२औँ राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गर्दै तथ्याङ्क विभागले सो जानकारी दिएको हो । यो प्रारम्भिक नतिजा हो ।
सार्वजनिक नतिजा अनुसार १० हजार २३१ ज्ना महिला र ८ हजार ५९० जना पुरुष रहेका छन् । गाउँपालिकाभर ४ हजार ९८१ परिवार संख्या र ४ हजार ६११ जनगणना घर संख्या रहेको छ ।
जिल्लामा रहेको १० वटा स्थानीय तहमध्ये थोरै जनसंख्या रहेकामध्य तेस्रो स्थानमा रहेको छ । सवैभन्दा थोरै जनसंख्या देवघाट गाउँपालिकामा १४ हजार ९४१ जना,घिरिङ गाउँपालिकामा १५ हजार ३८ रहेको छ ।
सवैभन्दा धेरै भने व्यास नगरपालिकामा ८० हजार ९४४, शुक्लागण्डकी नगरपालिकामा ५५ हजार ७४९, भानु नगरपालिकामा ४३ हजार २५५ जना रहेका छन् ।
तनहुँको जनसंख्या जम्मा ४ हजार ३३२ ले बढेको छ । कुल ३ लाख २७ हजार ६२० पुगेको छ । तथ्याङ्क विभागले आज सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार ०.१३ प्रतिशतले मात्रै जिल्लामा जनगणना वृद्धि भएको हो ।
२०६८ सालको जनगणना अनुसार तनहुको जनसंख्या ३ लाख २३ हजार २८८ थियो । सार्वजनिक विवरण अनुसार २०७८ को जनगणना अनुसार तनहुँमा महिलाको संख्या १ लाख ७४ हजार ६९९ र पुरुषको संख्या १ लाख ५२ हजार ९२१ रहेको छ ।
९३ हजार १७३ परिवार संख्या रहेको जिल्लामा ८१ हजार ६४७ जनगणना घर संख्या रहेको छ ।
हेर्नुहोस सवै स्थानीय तहका विवरण