गैँडाकोट । तनहुँ जिल्लाको जनगणना ३ लाख २७ हजार ६२० पुगेको छ ।
Advertisement
तथ्याङ्क विभागले आज सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार ०.१३ प्रतिशतले मात्रै जिल्लामा जनगणना वृद्धि भएको हो । २०६८ सालको जनगणना अनुसार तनहुको जनसंख्या ३ लाख २३ हजार २८८ थियो ।
सार्वजनिक विवरण अनुसार २०७८ को जनगणना अनुसार तनहुँमा महिलाको संख्या १ लाख ७४ हजार ६९९ र पुरुषको संख्या १ लाख ५२ हजार ९२१ रहेको छ ।
९३ हजार १७३ परिवार संख्या रहेको जिल्लामा ८१ हजार ६४७ जनगणना घर संख्या रहेको छ ।
जिल्लामा रहेको १० स्थानीय तहमध्ये सवैभन्दा धेरै व्यास नगरपालिकामा ८० हजार ९४४ जनसंख्या रहेको छ भने सवैभन्दा कम देवघाट गाउँपालिकामा १४ हजार ९४१ जना रहेका छन् ।