×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवन जिल्ला लिगको उपाधि बिएफसीलाई


  •   बुधबार, माघ १२, २०७८
  • चितवन – केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग च्याम्पियन बनेको छ । आज (बुधबार) भएको उपाधि भिडन्तमा सेन्ट्रल कलेज एभरेष्ट क्लबलाई पराजित गर्दै बिएफसी च्याम्पियन बनेको हो ।

    Advertisement

    बिएफसीले एभरेष्टलाई ३-० ले पराजित गर्‍यो । बिएफसी पहिलो पटक जिल्ला लिगको फाइनलमा प्रवेश गरेको हो । पहिलो पटक फाइनल पुगेको बिएफसी पहिलो पटकमा नै च्याम्पियन बन्न सफल भएको हो ।

    उता चौथो पटक फाइनल पुगेको एभरेष्ट यस पटक पनि उपविजेतामा नै सीमित भयो । एभरेष्ट यस अघि पनि ३ पटक फाइनलमा पराजित भएको थियो । बिएफसीलाई जिताउन राज भुसालले २ तथा प्रयास तामाङले एक गोल गरे । खेलको ३७ औं मिनेटमा बिएफसीले अग्रता लियो । बिएफसीका प्रयास तामाङले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । उनले अभिषेक चापागाईको पासमा सुन्दर गोल गरे । पहिलो हाफमा नै बिएफसीले अग्रता दोब्बर बनायो । पहिलो हाफमा थप गरिएको अतिरिक्त ४ मिनेटको तेस्रो मिनेटमा राज भुसालले पेनाल्टीमा गोल गर्दै बिएफसीलाई दोहोरो अग्रता दिलाए ।

    डिबक्स भित्र एभरेष्टका डिफेन्डर बिपिन बल्लले ह्याण्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । प्राप्त अवसरमा राजले कुनै गल्ती नगरी बललाई जाली चुमाए । ६९ औं मिनेटमा राजले ब्यक्तिगत दोस्रो गोल गर्दै बिएफसीलाई ३-० को अग्रता दिलाए । मैदानको कर्नर भागबाट प्रयासको क्रसमा राजले सुन्डर हेड गोल गर्दै बिएफसीको जित सुनिश्चित गरे ।

    राज नै खेलको म्यान अफ दि म्याच चुनिए । विजेता बिएफसीले ट्रफीसहित एक लाख प्राप्त गरेको छ । उपविजेतामा सीमित एभरेष्टले ५० हजारमा चित्त बुझाएको छ ।

    उनीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले पुरस्कार वितरण गरे । प्रतियोगिता भर ४ गोल र ८ एसिस्ट गरेका एभरेष्टका रोशन क्षेत्री लिगको सर्वोकृष्ट खेलाडी चुनिए । उनले गोल्डेन बलसहित नगद पाँच हजार प्राप्त गरे । यस्तै लिगमा ९ गोल गरेका बिएफसीका राज भुसाल सर्वाधिक गोलकर्ता भए ।

    उनले गोल्डेन बुटसहित पाँच हजार प्राप्त गरे । पानस युवा क्लबका सागर बस्नेत सर्वोकृष्ट गोलरक्षक घोषित हुँदै गोल्डेन ग्लभ्ससहित पाँच हजार प्राप्त गरे । उनले लिगका ६ खेलमा तीन क्लिनसिट गरेका थिए भने तीन गोल मात्रै खाएका थिए । चितवन जिल्ला फुटबल संघको आयोजनमा भएको लिगमा जिल्लाका १३ टोली सहभागि थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.