चितवन, माघ१२ । सेन्ट्रल कलेज ए डिभिजन लिग फुटबलको उपाधिका लागि भिडन्त सुरु भएकाे छ।
उपाधिका लागि केविए ग्लोबल भरतपुर फुटवल क्लव र सेन्ट्रल कलेज एभरेष्ट फुटबल क्लव चितवन वीच खेल जारी रहेकाे हाे।
विएफसी नकआउट चरण पार गरि पहिलाे पटक फाईनलमा प्रवेश गरेकाे हाे भने एभरेष्ट भने याे संगै चार पटक फाईनलमा आईपुगेकाे हाे । यसअघिका तीन पटक फाईनल प्रवेश गरेपनि उपविजेता मै चित्त बुझाएकाे थियाे । याे पटक भने साविक लिग विजेता साैराहा युवा समाजलाई पराजित गरि एभरेस्टले फाईनलका लागि सुनिश्चित गरेकाे हाे । विएफसीले भने रामपुरलाई पराजित गरेर फाईनलकाे यात्रा तय गरेकाे हाे ।
एन्फाका केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले रेफरीलाई बल हस्तान्तरण गरेसंगै फाईनल खेल सुरु भएकाे हाे ।
पुस २० गतेदेखि सुरु भएकाे प्रतियाेगितामा जिल्लाका १३ टिम सहभागी भएका थिए । विजेताले रु १ लाख नगद सहित ट्रफी मेडल प्राप्त गर्नेछन् ।
कार्यक्रममा स्वागत गर्दै एन्फा चितवनका महासचिव रामहरि ढकालले सफलतापूर्वक खेल सम्पन्न गर्न गईरहेकाे र याे समय फुटवलकाे अन्तरास्ट्रिय नियमलाई व्यवहारमा लागू गरेर प्रतियोगिता आयाेजना गरेकाे बताए ।