×
आइतबार, कार्तिक १६, २०८३
☰
आइतबार, कार्तिक १६, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा: जनसंख्या बढ्यो,वृद्धिदर घट्यो


  •   बुधबार, माघ १२, २०७८
  • गैँडाकोट । १२ औँ राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले प्रारम्भिक नतिजा सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।त्यस्तै जनसंख्या वृद्धिदर पनि घटेको छ । अघिल्लो जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०.९३ प्रतिशत पुगेको छ । दस वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ अर्थात १०.१८ प्रतिशतले बढेको विभागले जनाएको छ ।

    Advertisement

     

    यसपटकको जनगणनामा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ ।

    विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।
    यसअघि विक्रम संवत २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो ।

    पछिल्लो जनगणनाअनुसार नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम हो । यसअघि विक्रम संवत १९९८ मा गरिएको जनगणनामा नेपालको जनसंख्या वृद्धिदर १.२७ प्रतिशत रहेको थियो ।

    त्यसअघि १९८७ र १९७७ मा गरिएको जनगणनामा भने जनसंख्या वृद्धिदर माइनसमा थियो ।

    नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार मधेश प्रदेशमा सवैभन्दा धेरै जनसंख्या रहेको पाइएको छ । ६१ लाख २६ हजार २८८ जनसंख्या पुगेको छ । त्यसपछि वाग्मती प्रदेशको कुल जनसंख्या ६० लाख ८४ हजार ४२ रहेको विभागले जनाएको हो । त्यस्तै सबैभन्दा कम जनसंख्या हुनेमा कर्णाली प्रदेश परेको छ । कर्णाली प्रदेशको जनसंख्या १६ लाख ९४ हजार ८ सय ८९ रहेको विभागले जनाएको हो ।

    यसअघिको जनगणनामा कर्णालीको जनसंख्या १५ लाख ७० हजार ४ सय १८ थियो । यसैगरी कर्णालीको जनसंख्या वृद्धिदर ०.७६ रहेको तथ्यांक विभागले उल्लेख गरेको छ ।

    मनाङ जिल्लाको नार्पाभूमि सबैभन्दा कम जनसंख्या हुने गाउँपालिका भएको छ । नेपालको जनगणना २०७८ अनुसार नार्पाभूमि गाउँपालिकाको जनसंख्या ४ सय ४२ मात्र रहेको छ ।

    त्यस्तै कम जनसंख्या भएका अन्य गाउँपालिकामा मनाङकै डिस्याङ र नासों पनि रहेका छन् । त्यस्तै मुस्ताङको लो(घेकर दामोदरकुण्ड पनि कम जनसंख्या भएको गाउँपालिकामा परेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

    त्यस्तै सबैभन्दा बढी जनसंख्या भएको गाउँपालिका भने बाँकेको बैजनाथपुर रहेको छ । बैजनाथपुरमा ७० हजार ३ सय १५ रहेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार सबैभन्दा बढी जनसंख्या हुने गाउँपालिकाहरूमा बैजनाथसहित बाँकेकै राप्तीसोनारी र खुजुरा पनि रहेका छन् । त्यस्तै रुपन्देहीको मायादेवी र कपिलवस्तुको मायादेवी गाउँपालिका पनि बढी जनसंख्या रहेका गाउँपालिका हुन् ।

    विभागका अनुसार १० हजारभन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या १० रहेको छ भने ५० हजारभन्दा बढी जनसंख्या रहेका गाउँपालिकाको संख्या १५ रहेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश
    बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल
    देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन
    जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई
    काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती
    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश

    • २.
      बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल

    • ३.
      देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन

    • ४.
      जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई

    • ५.
      काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती

    • ६.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • ७.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ८.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.