गैँडाकोट । गैँडाकोटमा रहेको स्मल हार्ट एकेडेमीले अन्तराष्ट्रिय स्कूल अवार्ड (आइएसए) हासिल गर्न सफल भएको छ । ब्रिटिश काउन्सिल नेपालले उक्त अवार्ड आज प्रदान गरेको विद्यालयका प्रमुख निर्मल पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार शैक्षिक वातावरण, पाठ्यक्रममा अन्तर्राष्ट्रिय आयाम र परियोजना कार्यमा विभिन्न देशका बिधालयसंग गरियको समन्वय र अादनप्रदानकाे आधारमा शैक्षिक,भौतिक तथा कक्षा व्यवस्थापन लगायतमा उत्कृष्ट भएकै कारण अवार्ड प्राप्त भएको र यसले विद्यालय परिवारलाई धेरै खुशी मिलेको बताए । शिक्षक,विद्यार्थी, अभिभावकको सहयोगले अवार्ड प्राप्त गर्न सफल भएको र आगामी दिनमा शैक्षिक गुणस्तर अझ बढाउँदै लैजाने बताए ।
काउन्सिलले देशभरका २० जिल्लाका १०७ वटा विद्यालयलाई यो अवार्ड प्रदान गरेको छ । वर्ष २०१९–०२० र २०२०–०२१ को संयुक्त अवार्ड सेरमनी गरेर आज प्रदान गरेको हो ।
विद्यालयका प्रिन्सिपल निर्मल पाण्डेका अनुसार यो अवार्ड तीन वर्षको लागि मात्र भएको र हरेक तीन वर्षपछि पुनःमान्यता पाउन फेरि प्रतिस्पर्धा गर्नुपर्ने भएकाले अझ बढी अन्तराष्ट्रियस्तरका शैक्षिक योजना र कार्यक्रम गर्दै जाने बताए ।



