चितवन । प्रहरी निरीक्षक कमला नराल उत्कृष्ट प्रहरी घोषित भएकी छिन् । आफूलाई दिएको जिम्मेवारी समयमै परिणामदिनेगरी सम्पन्न गरेपछि पुस महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेर पुरस्कृत गरिएको चितवन प्रहरीले जानकारी दिएको छ ।
Advertisement
जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहत प्रहरी कार्यालयहरु समेतमा कार्यरत रहेका प्रहरी कर्मचारीहरुले सम्पादन गरेका कार्यहरुको मुल्याङकन गर्दा नरालले आफुलाई दिईएको जिम्मवारी सर्बोत्कृष्ट ढंगबाट कार्य सम्पादन गरेको र सोही कारण उत्कृष्ट हुन सफल भएको चितवन प्रहरीको भनाई छ ।