×
आइतबार, मङि्सर ०१, २०८२
☰
आइतबार, मङि्सर ०१, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

बिएफसी र एभरेष्ट जिल्ला लिगको फाइनलमा


  •   सोमबार, माघ १०, २०७८
  • चितवन । चितवन जिल्ला ए  डिभिजन लिगको उपाधिका लागि केबिए ग्लोबल भरतपुर फुटबल क्लब बिएफसी र सेन्ट्रल कलेज एभरेष्ट क्लब भिड्ने भएका छन् ।

    Advertisement

    आज सोमबार भएको सेमिफाइनल चरणका खेलहरु जित्दै बिएफसी र एभरेष्ट फाइनलमा प्रवेश गरेका हुन् । बिएफसीले साबिक उपबिजेता रामपुर फुटबल क्लब रड्स तथा एभरेष्टले साबिक बिजेता सौराहा युवा समाजलाई पराजित गरेको हो ।

    आज भएको पहिलो सेमिफाइनलमा बिएसफी टाईब्रेकरमा ५-३ ले विजयी भयो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको हो ।

    टाईब्रेकरमा बिएफसीका राज भुसाल, कप्तान सन्दिप सेन्चुरी, प्रयास तामाङ, बिबेक मगर र लिलाबहादुर थापा मगरले गोल गरे । रामपुरका विशाल तामाङ, सुरज श्रेष्ठ र रशिश तामाङले गोल गरे । बिशेष तामाङको तेस्रो प्रहार बिएफसीका गोलरक्षक आदित्य गुरुङले बचाए ।

    त्यस अघि निर्धारित ९० मिनेटमा दुबैतर्फबाट १-१ गोल भएको थियो । पहिलो हाफको ३० औं मिनेटमा बिएफसीले अग्रता लिएको थियो । बिएफसीका प्रयास तामाङले डिबक्स भित्र प्राप्त अवसरलाई सदुपयोग गर्दै सहज गोल गरे । तर बिएफसीको अग्रता धेरै बेर टिक्न सकेन ।

    ३२ औं मिनेटमा रामपुरले बराबरी गोल फर्कायो । रामपुरका कप्तान सुरज गुरुङले कर्नरमा सुन्दर हेड गर्दै बललाई जाली चुमाए। खेलको म्यान अफ दि म्याच बिएफसीका गोलरक्षक आदित्य घोषित भए । बिएफसी जिल्ला लिगमा पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । यस अघि बिएफसी सेमिफाइनल भन्दा अघि बढ्न सकेको थिएन ।

    यस्तै आजको दोस्रो सेमिफाइनलमा एभरेष्टले साबिक बिजेता सौराहालाई टाईब्रेकरमा ४-३ ले पाखा लगायो । निर्धारित समयमा बराबरी भएपछि खेल टाईब्रेकरमा धकेलिएको हो । टाईब्रेकरमा एभरेष्टका रोशन क्षेत्री, आशिष गजुरेल, जेबिन लामिछाने र कप्तान प्रेमबहादुर गुरुङले गोल गरे । पवन रेग्मीको प्रहार भने फ्रेमभन्दा बाहिर गयो ।

    उता सौराहाका प्रकाश चौधरी, कप्तान मदन कृष्ण श्रेष्ठ र झेलेन्द्र चौधरीले गोल गरे । निशान पुनको प्रहार बारमा लागेर फर्कियो भने सञ्जय चौधरीको प्रहार एभरेष्टका गोल रक्षक रितेश गुरुङले बचाए । रितेश नै खेलको म्यान अफ दि म्याच चुनिए ।

    त्यस अघि निर्धारित ९० मिनेटको समय २-२ को बराबरीमा सकिएको थियो । खेलको पहिलो मिनेटमा नै सुशन आले मगरले गोल गर्दै सौराहालाई सुरुवाती अग्रता दिलाएका थिए । सुशनको उक्त गोल जारी लिगकै छिटो गोल हो ।

    तर सौराहाको अग्रता धेरै बेर टिक्न सकेन । २४ औं मिनेटमा एभरेष्टका आशिषले बराबरी गोल गरे । लगत्तै २६ औं मिनेटमा सुधिर कुनार श्रेष्ठले गोल गर्दै एभरेष्टलाई अग्रता दिलाए । उक्त अग्रता एक मिनेट पनि टिकेन । २७ औं मिनेटमा सौराहाका झेलेन्द्रले बराबरी गोल फर्काए ।

    चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिगको फाइनल खेल १२ गते बुधवार दिउँसो १ बजे सुरु हुनेछ । लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो टोलीले समान २५-२५ बजार प्राप्त गर्नेछ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट
    १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
    भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो
    नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग
    गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जेनजी आन्दोलन तस्बिरमा

    • २.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ३.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ४.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    • ५.
      नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग

    • ६.
      गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    • ७.
      हरायाे भिरकाेटकाे झाेरा,प्रतियोगितामा भने याे पटक पनि काेपिला प्रथम

    • ८.
      लागु औषध सहित ३ जना पक्राउ

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.