नवलपुर (गैँडाकोट) । नवलपुरको कावासोतीमा कार र ट्याक्टर ठक्कर खाँदा कारमा सवार ६ जना घाइते भएका छन् ।
Advertisement
घाइतेमध्ये पाँच जना भरतपुरका र एक जना वर्दघाटका रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घाइतेहरुलाई थप उपचारका लागि सीएमसी पठाइएको र केहीको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्लाको कावासोती स्थित भित्री सडकखण्डमा बा ६ च ९२२२ नम्वरको कार र लु ३ त ५१९९ नम्वरको ट्र्याक्टर ठोक्किएका हुन् ।
ट्राफिक प्रहरीका अनुसार घाइते हुनेहरुमा कार चालक भरतपुर १० का अर्जुन पाठक, कारमा सवार भरतपुर २३ का कर्ण वहादुर स्याङ्तान, सुवास तामाङ, कल्पना तामाङ, १८ महिनाका वील्सना तामाङ र वर्दघाट वस्ने माया आले रहेका छन् ।