चितवन । भरतपुर महानगरपालिकामा निर्माणाधीन छ लेन सडकको ढलमा अड्कीएर पोथी गैँडाको मृत्यु भएको छ ।
चितवन प्रहरीका अनुसार भरतपुर ९ गोन्द्राङ स्थित पुर्व पश्चिम राजमार्गको नजिक बनी रहेको नालामा गैंडाको मृत्यु भएको हो ।
Advertisement
घटना स्थल सुरक्षित राखिएको र वन कार्यालयको टोली समेत आएर मुचुल्का कार्य सकिएको चितवन प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।
ढल निर्माण गरेपछि दायाँवायाँ नपुर्दा सोही ठाउँमा गैँडा अड्कीएको अवस्थामा भेटिएको हो ।