चितवन, माघ ७ । सुख्खा पहिरो खसेर अवरुद्ध भएको मुग्लिन नारायणगढ सडक दुइतर्फी संचालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार विहान ११ बजेदेखि बाटो सूचारु भएको हो ।
Advertisement
जिल्लाको इच्छाकामना गाउँपालिका ६ कालिखोलामा सुख्खा पहिरो खसेर विहान साँढे २ बजेदेखि सडक अवरुद्ध भएको थियो ।
लामो समय सडक अवरुद्ध हुँदा थुप्रिएका सवारीका कारण जाम भएकाले आफ्नो लेन अनुसार सवारी चलाउन ट्राफिकले अनुरोध गरेको छ ।
मुग्लिन नारायणगढ सडक पार गर्ने एकमात्रै सडक भएकाले वैकल्पिक मार्ग नहुँदा पटक पटक समस्या हुने गरेको छ ।